सिद्धलेकमा फेरि बाजी मार्न चाहान्छन्, सिलवाल र शर्मा

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १९, २०७९

धादिङ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उठका प्रेमनाथ सिलवालले कांग्रेसका बद्री अर्याललाई १९२५ मतको अन्तरले र माओवादीका पुष्प थपलियालाई ३५७३ मतको अन्तरले हराउँदै पालिका अध्यक्षमा आफ्नो जितका लागि उनले ५६०६ मत प्राप्त गरेका थिए ।

यस्तै उक्त निर्वाचनमा एमालेबाटै उप प्रमुख कमला शर्माले कांग्रेस उम्मेदवार लक्ष्मी सिलवाललाई १६७९ मतको अन्तरले र माओवादी उम्मेदवार सम्झना पण्डितलाई ३७२५ मतको अन्तरले हराउन ५५४४ मत ल्याउँदै विजयी बनेकी थिईन ।

यी दुबैजना एमालेबाट फेरी आगामी ५ वर्षे कार्यकालका लागि अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार बन्दै घर दैलो अभियानमा सरिक छन् । हक्कि स्वभावका अध्यक्षका उम्मेदवार सिलवाल धेरै जनताका आधारभुत समस्यामा यो ५ वर्ष मल्हम लगाउने काम गरियो अन्य राम्रा कामको सुरुवात भएको दावी गर्दै अबको ५ वर्ष ति सुरु भएका राम्रा कामलाई पूर्णता दिने बताउँछन् ।

प्रेमनाथ सलिवालको राजनितिक यात्रा
सिद्धलेक गाउँपालिका वडा नम्बर १ पिपलनलाङ निवासी ६६ वर्षीय प्रेमनाथ सिलवाल दोश्रो कार्यकालका लागि नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । २०४८ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका सिलवाल विद्यार्थी राजनितिबाट खुल्ला राजनिति र सामाजिक सेवामा आएका हुन् ।

१९ वर्षको शिक्षण पेशा छाडेपछि २०४८-२०५४ को स्थानीयतहको निर्वाचनमा उम्मेदवार भएपछि ५ वर्ष गाविस अध्यक्ष भएकाम गरि अनुभव संगालि सकेका छन् । विद्यार्थी जीवनमा गजुरी आदर्श माविमा अध्ययनको क्रममा अनेरास्ववियुमा लाग्नुपर्छ भन्ने विचारले अभिप्रेरित भई बामपन्थी विचार धारा प्रति आकर्षित भएका सिलवाल निरन्तर अनेरास्ववियुको राजनिति र त्यसपछि नेकपा एमालेको राजनितिमा सक्रिय भएका हुन् ।


गाविस अध्यक्ष हुँदाको समयमा गाउँ गाउँमा सडक सञ्जाल विस्तार तथा खानेपानी तथा अन्य विकासको पूर्वाधार खडा गरेका उनले गाउँमा विकासको अभियान सञ्चालन गरी अग्रणी भूमिका निर्वाह गरेको स्थानीयहरु बताउँछन् ।
२०७१ सालदेखि २०७८ सम्म नेकपा एमाले धादिङको कार्यालय सचिवको जिम्मेवारी पुरा गरेका सिलवाल हालसम्म नेकपा एमाले जिल्ला कमिटि सदस्य ३ कार्यकाल पुरा गरि सकेका छन् ।

जिल्ला अस्पताल धादिङको अध्यक्षक समेत भएको सिलवालले अस्पतालको सुधार तथा व्यवस्थापनमा सुधार गरी अस्पताललाई नमुना बनाउन सफल भएका थिए । एक घर एक धाराको अभियान पुरा गर्ने, मूख्य सडक पिच गर्ने, रोजगारीका लागि अलग अलग प्राविधिकधारका शैक्षिक कार्यक्रम संचालन गर्ने, इन्डक्सन चुलोको व्यवस्थापन गर्ने, कृषि उपजको न्यूनतम समर्थन मूल्या तोक्ने, बजारी करणका लागि व्यवस्था गर्ने, युवा लक्षित खेलकुद कार्यक्रम संचालन गर्ने, बाँझो जमिन उपभोग गर्नका लागि भूमि बैँक बनाउने, एकल पुरुषका लागि मासिक भत्ता, शिक्षक तालिम केन्द्र संचालन, सडक सफाइका लागि कामदारहरु व्यवस्थापन गर्ने लयातका कार्यक्रम गर्ने प्रतिवद्धता सहित उनी जनताको घर दैलो अभियानमा छन् ।

पाध्यक्षको उम्मेदवार कमला शर्मा
नेकपा एमाले सिद्धलेक गाउँकमिटिको अध्यक्ष कमला शर्मा अधिकारीले सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष पदमा फेरि उम्मेदवारी दिएकी छिन् । शर्मा सिद्धलेक गाउँपालिका वडा नम्वर ७ आदमटार निवासी हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा नेकपा एमालेको तर्फबाट सिद्धलेक गाउँपालिकाट उपाध्यक्ष पदमा निर्वाचित भई ५ बर्ष सम्म पालिका उध्यक्षको भुमिका समेत निर्वाह गरि सकेको अनुभव छ उनमा ।

उनले शिक्षाशास्त्र संकायमा स्नातकतह सम्मको अध्ययन पुरा गरेकी छिन् । स्पष्ट बक्ता तथा सरल स्वभावकी कमला शर्माको राजनीतिक यात्रा विद्यार्थी जिवनबाट शुरु भएको हो । २०४४ सालमा अनेरास्वनियु बागेश्वरी माविमा संगठित हुँदै राजनीतिक यात्रा शुरु गरेकी हुन् ।

त्यसपछि कलेज अध्ययनका क्रममा सरस्वती क्याम्पसमा गठित प्रारम्भिक कमिटि सदस्य, जिल्लातहमा नेकपा एमाले जिल्ला कमिटि धादिङको सल्लाहकार कमिटि सदस्य, अनेमसंघको बागमति प्रदेश कमिटिको सचिवालय सदस्य तथा २ कार्यकाल सम्म नेकपा एमालेको जिल्ला कमिटिको सदस्य समेत भनि भई सकेकी छिन् ।

कमला शर्मा अधिकारी सत्यवतिमा माध्यामिक विद्यालयमा २०६१ सालदेखि २०७४ सालसम्म १३ वर्ष शिक्षण पेशामा पनि संलग्न रहिन । आफूले सिद्धलेक गाउँपालिकामा निर्वाचित भएपछि विकासको रेखा कोर्न सफल भएको र न्यायिक क्षेत्रमा गरेको कामले जनताले आफूलाई जिताउनेमा आफु ढुक्क रहेको उनी बताउँछिन् ।

सिद्धलेक गाउँपालिका स्थानीय तह चुनाव २०७४ सालको मत परिणाम यस्तो थियो
प्रमुखमा
कांग्रेस बद्रीप्रसाद अर्याल ३६८२ मत
एमाले प्रेमनाथ सिलवाल ५६०७ मत विजयी
माओवादी केन्द्र पुष्प थपलिया २०७० मत
राप्रपा मेघराज नहर्की ५४ मत

उप प्रमुखमा
कांग्रेस लक्ष्मी सिलवाल ३८६५ मत
एमाले कमला शर्मा ५५४४ मत विजयी
माओवादी केन्द्र संझना लामिछाने १८१९ मत
राप्रपा ज्ञानुमायाँ सिलवाल १९ मत

वडा नम्बर १ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद तिमल्सिना ५४९ मत
एमाले चन्द्र प्रसाद सिलवाल ८०५ मत विजयी
माओवादी केन्द्र पेमा बाङग्याला लामा ३८० मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस शम्भु गुरुङ ९६१ मत
एमाले कमलबहादुर गुरुङ १०३५ मत विजयी
माओवादी केन्द्र रामबहादुर सिलवाल ३०८ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस लालबहादुर आलेमगर ६३१ मत
एमाले देवबहादुर पुलामी ६७५ मत विजयी
माओवादी केन्द्र धननारायण श्रेष्ठ ५४ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

डा नम्बर ४ को अध्यक्षमा
कांग्रेस हर्कबहादुर थापामगर ३९३ मत
एमाले रामहरी बराकोटी ९८० मत विजयी
माओवादी केन्द्र केशव थापामगर ५२ मत
राप्रपा इन्द्रराज पुरी ४ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस दिलबहादुर घले ४६७ मत विजयी
एमाले तुलकुमार श्रेष्ठ ४४४ मत
माओवादी केन्द्र बुधे घले ३८३ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस हरिप्रसाद नेपाल ४१६ मत
एमाले टिका प्रसाद थपलिया ६०१ विजयी
माओवादी कुमार श्रेष्ठ ४३१ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस परशुराम खतिवडा ७३८ मत
एमाले लक्ष्मण खतिवडा८९७ मत विजयी
माओवादी बृहस्पती भण्डारी २२४ मत
राप्रपा दलबहादुर पुरी ८ मत