हिउँले सिगारिएको सेमजोङको वाका राहा

Avatar photo
Dhadingpost
शनिबार, माघ २२, २०७८

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङ गैरामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वाका राहामा शुक्रबार हिउँ पर्यो । यसै त प्राकृतिक सुन्दरताले भरि पूर्ण यस वाका राहा त्यसमाथि हिउँले सेतम्मे भएपछि स्थानीयहरु हिउँखेल्न, टिकटक बनाउन र भिडियो बनाउ वाका राहा पुगेका थिए । तस्वीरः मनिश तामाङ सेमजोङमा पर्ने डवजोङ दरबार क्षेत्रमा पनि शुक्रबार हिउँ परेकोछ ।

प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाका राहा पोखरीको हेर्न अन्य समयमा पनि हर्न आउनेहरुको संख्या बढ्दै गएको छ भने यसको संरक्षणको लागि स्थानीय सरकारले पनि चासो देखाउन थालेको छ ।

नुवाकोटको नुवाकोट म्यागाङ गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङको सिमानामा पर्ने यस वाका राहाको विषयमा हामीले २०७३ सालमा लेखेको समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुनेछ