वाकाह्रा संकटमा, धादिङको सम्पती ईतिहासको पानामा सिमित हुने खतरा

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १४, २०७३

झेम्सोङ तामाङ/सुकराम तामाङ,
सेमजोङ बैशाख १४ । नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे ढुप्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा परेको छ ।

प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाकाह्रा पोखरीको, यसलाई के कसरी संरक्षण र सम्वर्धन गर्न सकिन्छ भन्ने उपायबारे बेलैमा सोच्न जरुरी बनेको छ ।

यसका लागि स्थानीय बासिन्दाहरुले पनि बिशेष सहयोग र ध्यान दिन जरुरी छ । ऐतिहासिक वाकाह्रा सुक्नुको कारण भुकम्पले मात्र पनि नहुन पनि सक्छ यसलाई विभिन्न दृश्टिकोणबाट पनि हेर्न सकिन्छ ।

अनियन्त्रित वनजंगल फडानी रोक्न नितान्त आवश्यक छ । र खाली ठाँउ तथा डाँडाहरुमा वृक्षरोपण गर्न पनि सकिन्छ । साथै निश्चित चरण क्षेत्र र पोखरी वरपर सरसफाइ राख्न पनि विशेष ध्यान दिन आवश्यक छ । यसरी यस क्षेत्रलाई सदैब हरियाली र सुन्दर पर्यटकिय दृष्टिले मनै लोभ्याउने यो ठाउँकाका विषयमा जिल्लाका क्रियाशिल राजनीतिक दलहरु थप चिन्तित हुन जरुरी छ । सरकारका तर्फबाट सिंचाई मन्त्री उमेश कुमार यादव आफै सेमजोङ पुगी पोखरी सम्रक्षणको लागि सहयोग गर्ने घोषणा गर्नुले पनि यो कति महत्वको छ बुझ्न सकिन्छ ।

न्याउरी मारी पछुतो भने झै धादिङको यो अमुल्य सम्पत्ती सेमजोङबासीको मात्र हैन समग्र धादिङबासीको सम्पत्ती हो भोलीको खतरालाई बेलैमा सोचौ र यी एैतिहासकि सम्पतलिाई सम्रक्षण एवम् जगेर्ना गर्ने तिर ध्यान दिऔं नत्र पछुताउने बहेक केहि हुने छैन ।

गत वर्ष बैशाख १२ गते गएको भुकम्पको असरले गर्दा सदियौँ देखि कहिले पनि नसुक्ने यो पोखरीको पानी अहिले भने सुक्न थालेको छ । गत वर्ष गएको भुकम्पले त्यँहाका गुम्बा लगायत लामा गुरुहरुले साधना गर्ने कुटि, र अन्य भौतिक संरचना पुर्न रुपले क्षति पुर्याएको थियो ।

यी संरचनाहरु अहिले निर्माणको क्रममा छन भने पुनः निर्माण हुन अझै धेरै संरचनाहरु बाँकी छन । ती गुम्बा र संरचनाहरु सहयोगी हातहरुको पर्खाइमा छन । तपाई हामी जस्ता युवाहरुले आफुले सक्ने सहयोग गरे असम्भव केही छैन । चाहे माना मुठी चामल होस चाहे नगद जिन्सी नै १ त्यति पनि नसके केही दिन श्रम दान त पक्कै गर्न सकिन्छ । त्यसैले हाम्रो हार्दिक अपिल सबैमा अहिले नगरे कहिले गर्ने अहिले नसोचे कहिले सोच्ने ।