धादिङ । नेपाल तेक्वान्दो संघले २०८१ जेठ ३ गतेबाट सञ्चालन गरेको तेस्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर तालिम आज सम्पन्न भएको छ ।
१३६ जना सहभागी यस तालिममा सेमिनार तर्फ धादिङबाट गल्छी तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठ, मलेखुर गजुरी तेक्वान्दो डोजाङका प्रमुख धन बहादुर गुरुङ र चण्डीभुमी तेक्वान्दो डोजाङकी मुना तामाङ तथा त्रिभुवन आर्मी क्लबका रामकुमार पोख्रेल र रिफ्रेसर तर्फ गोदावरी फिटनेशका उज्ज्वल श्रेष्ठ सहभागी थिए ।
तेक्वान्दो प्रतिस्पर्धा ग्योरोगी (फाईट) र पुम्से बिद्या रहेको छ जसमा धादिङबाट ग्योरोगी तर्फ १४ जना र पुम्से तर्फ ५ जना राष्ट्रिय स्तरका रेफ्री हुन सफल भएका छन् ।
उक्त तेस्रो राष्ट्रिय पुम्से रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर तालिमको युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले समापन गरेका थिए ।