नीलकण्ठ रीडर्स क्लबको अध्यक्षमा प्रशंसा गुरुङ चयन

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ५, २०८१

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा पठन संस्कृति विकास गरि नेतृत्व सीप विकास तथा गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि नीलकण्ठ रीडर्स क्लब गठन गरिएको छ ।

Today’a reader,tomorrow’s a leader भन्ने मुलमन्त्रका साथ गठन गरिएको उक्त क्लवको अध्यक्षमा प्रशंसा गुरुङ चयन भएकी छिन् । क्लव १३ सदस्यी बनेको छ ।

क्लवले हरेक कक्षाकाेठामा Mini-Library स्थापना गरि पुस्तक अध्ययन अभिरुचि बढाउनुका साथै पुस्तक समीक्षा प्रतियाेगिता र Writing Marathon जस्ता रचनात्मक कार्यक्रम आयाेजना गर्ने नीलकण्ठ रिडस् क्लवका शिक्षक संयाेजक दीपेन्द्र रिजालले बताए ।