
धादिङ असोज १२ । धादिङबेसी सदरमुकमाको नजिकको दुरीमा रहेको रमणिय स्थल हो सुनौलाबजार स्थित भैरवी मन्दिर परिषर । जिल्लाकै ऐतिहासिक महत्व बोकेको उक्त भैरवी मन्दिर राजा रामशाहको पाला भन्दा अघि देखी नै शक्ति पिठको रुपमा परिचित छ ।
०७२ सालको भूकम्पको कारण क्षतीपछि मन्दिरलाई व्यवस्थित बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले पुनरनिर्माणको काम गरिरहेको छ । यहि मन्दिरको अवलोकन गर्दै १५ जना फोटो पत्रकारको टोली काठमाडौ फर्किएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारमा रहेको मन्दिर आसपासमा अन्य ६ वटा मन्दिर बन्दै छन् । पाँच वटा गेट, तीनवटा बाटोमा सिडिँ बनाइ रेलिङ राख्ने, पिकनिक स्थल निमार्णको काम जारी छ । यहि निमार्ण स्थलको राष्ट्रिय फोटो पत्रकार संघका केन्द्रिय अध्यक्ष एवम् राससका फोटो पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा विभिन्न मिडियामा आवद्ध फोटो पत्रकारहरु फोटो खिच्न भैरवी मन्दिर पुगेर काठमाडौं फर्किएका हुन् ।
सदरमुकाम धादिङबेसी देखि १० किलो मिटरको दु्रीमा यति महमोहक दृष्याओलकन गर्न समिने स्थल होला भनेर सोचेका पनि थिएनौं । एक पटक पुग्नै पर्ने ठाउँ रहेछ भैरवी मन्दिर, राससका फोटो पत्रकार प्रदिपराज वन्तले धादिङपोष्टलाई बताए । १५ करोड भन्दा बढी लागतमा पुनरनिमार्ण हुँदैरहेछ, यो मन्दिर । मन्दिरकोे आसपासको हरियाली र मन्दिर रहेको थुम्कोबाट देखिने हिमदृष्य सबैको म लोभ्याउने खालको रहको अनलाईनखवरका आर्यन धिमाल बताउँछन् । धार्मिक दृष्टिकोण आ-आफ्नै छन् तर यस भैरवी मन्दिरबाट देखिने दृष्यावलोकन लोभलाग्दो रहेको फोटो पत्रकार सुशिल श्रेष्ठ बताउँछन् ।
को कुन मिडियाका थिए भैरवी मन्दिर पुग्ने फोटो पत्रकार
१. प्रदिपराज वन्त रासस
२. कृष्ण खड्का रातोपाटी
३. भगवती थापा रासस
४. सागर श्रेष्ठ न्यूभिजन मिडिया
५. मुकुन्द कालिकोटे रिर्पोटस क्लव नेपाल
६. घनश्याम श्रेष्ठ, अन्नपूर्णटाइम्स
७. हरिश सिंह नगाल वाह्रखरीका ,
८. आर्यन धिमाल अनलाइनखवरका ,
९. शिला तिमीलसिना थाहा खवरकी ,
१०. प्रबिण कुलुङ राई नयाँपेजका ,
११. रमिता छुँजु नेवा टाइम्सका
१२.प्रदीपकुमार श्रेष्ठ, हरेक पोस्ट
१३. शिलापत्रका सुशील श्रेष्ठ,
१४. रतन चन्द नियात्राका
१५. दिगम्बर राजवंशी, अध्यक्ष, फोटोग्राफर एसोसियसनका
विक्रम संवत २०३३ साल अगाडी धादिङको जिल्ला सदरमुकाम रहेको सुनौलाबजारमा रहेको यस मन्दिर भैरवी मन्दिरको ऐतिहासिक महत्व के छ भनेर पत्ता खोज गर्न कठिन भएपनि स्थानीय जानकारहरुको भनाई अनुसार धार्मिक मान्यता यस्तो छ । भगवान भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अबस्थामा मासु खान मन लागेपछि मासु लिनको लागी भैरव बाघको रुप धारण गरेर जङगलमा गएर शिकार गरि मासु ल्याउँदाखेरी सुङ्गुरको मासु लिएर आयो त्यो कुरा भैरवीले देखी सकेपछि उ डराएर त्यहाँ घोप्टो परेर बसिन् र उसलाई भित्र पस्न दिएन त्यसपछि भैरव बाहिर गएर बसेको भन्ने किम्बदन्तीहरु छन् । त्यसैले अहिले पनि त्यहाँ दुईवटा मन्दिर छ एउटा माई भैरवीको मन्दिर अर्को भैरवको मन्दिर । त्यहाँ हामी प्रत्येक वर्ष दशैँमा पुजा गर्दा चाँहि भैरवलाई चाँहि सुँगुरको वलि चढाउने गरिन्छ । धादिङपोष्टका लागि फोटो सैजन्य एनफपीजे नेपाल














