धादिङमा बैशाख १२ को भुकम्प सम्झना (तस्वीरमा)

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

धादिङ । नेपालमा महाभुकम्प गएको ९ वर्ष पुरा भएको छ । ०७२ साल बैशाख १२ को त्या भुकम्पको क्षेति कहासलि लाग्दो थियो । धादिङ केन्द्रित रहेर हामी उक्त भूकम्पको केहि सम्झनाका लागि तस्वीरहरु खोज्ने प्रयासस गरेका छौं ।

उक्त भुकम्पले धादिङमा संख्या ८३ हजार ४१ घरहरु क्षेति बनाएको थियो । ७०४ जनाले ज्यान गुमाएका थिए भने त्यसमध्ये १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका थिए ।

बिनासकारी भूकम्पले चिरा-चिरा परेका धादिङ जिल्लाका ७ वटा मानवीय बस्तीहरु लापाको चपाङचेत र छुद्राङ, रीगाउँका गम्राङ, रीचेत, किचेत, करङ, अन्दर वस्तीहरु सुरक्षित स्थानको छनोट गरि स्थानान्तरण गर्न गृहमन्त्रालयले निर्देशन गरेको थियो ।

भुकम्पबाट विस्थापित बनेका रि गाउँ का १ सय ८० घरधुरीहरु नीलकण्ठ नगरपालिका स्थित साँकोषको दामगाडेमा अस्थायी शिविर बनाई बस्न वाध्य भएका थिए । यस्तै लापाबाट २५ परिवारका ७७ हजा विस्थापित भई ढोलाका शिविर बनाई बस्न वाध्य भएका थिए ।