नेपालमा भुकम्पको ईतिहास र त्यसको प्रभाव

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २, २०७७

नेपालमा भुकम्पको एकिन ऐतिहासिक तथ्यांक छैन तर इतिहासको पाना पल्टाएर हेर्ने हो भने थुप्रै घटनहरुको महसुस गर्न सकिन्छ । पुरानो एक तथ्यांकले देखाउछ कि विक्रम सम्वत् १३१० मा ठूलो भुकम्प गएको थियो । जस्को असर काठमाडौं उपत्यकामा बढि थियो । यो घटनामा धेरै मानविय साथै जन धनको क्षति भयो ।

त्यसपछिका दिनहरुमा नेपालले १० भन्दा धेरै ठुला भुकम्पको सामना गरिसकेको छ । ऐतिहासिक तथ्यांक हेर्दा नेपालले प्रत्यक ७० देखि ९० वर्षको बीचमा एक ठूलो भुकम्पको सामना गरिरहेको छ । हुन त नेपालमा भुकम्पको धक्का र असरको लिपिबद्ध तथ्यांक पाउन मुस्किल छ । ती पुराना ठुला भुकम्पको सामना गरेका हाम्रा पुर्खाहरु पनि जिवित छैनन जस्ले गर्दा प्रत्यक्ष असरको जानकारी लिन मुस्किल छ ।

ईतिहासमा दर्ज भएको पुरानो ठूलो भुकम्प मध्य १९९० माघ २ आजैको दिन गएको भुकम्पले नेपालमा ठूलो क्षती पुराएको थियो ।संखुवासभाको चैनपुरलाई मुख्य केन्द्र बनाएर गएको ८.३ मेग्निच्युडको भुकम्पले नेपाल सहित ईण्डियामा समेत प्रभाव पारेको थियो ।

१९९० को भुकम्पको बारेमा तपाई हामीले प्रत्यक्ष अनुभव लिने कुरा थिएन जुन समय हाम्रो अस्तित्वको काल्पनिकता मात्र थियो तर हजुरबुबा हजुराअमाहरुको तर्कबाट भने अनुभवको केही अम्स लिन सकिन्छ ।

१९९० को भुकम्पमा काठमाडौं उपत्यकामा मात्र १२ हजार भन्दा धेरै घरहरु जमिनमा बिलय हुन पुगे भने देशको अन्य भागमा २५ हजार भन्दा धेरै घरहरु माटोमा परिणत भए । ८ हजार भन्दा धेरै मानिसले ज्यानको आहुती दिन बाध्य भए भने काठमाडौं उपत्यकामा मात्र ४ हजार भन्दा धेरैको ज्यान लिग्यो भने हजारौं घाईते भए ।

त्यतिबेला अहिलेको जस्तो सुबिधा सम्पन्न अस्पताल अनि उपचारको व्यवस्था थिएन जसबाट धेरैले उपचारको अभावमै पनि ज्यान गुमाउनु पर्यो । त्यो भुकम्पबाट धेरै जमिन उबडखावड भए भने नदिका अनि बाटाका धार हरु परिवर्तन भए, मुलहरु सुके अनि कतिपय मुल फुटे पनि । यो भुकम्प विश्वकै ठूलो भुकम्को मध्य एकको रुपमा इतिहासमा दर्ज भएको पनि छ । राणाकालमा आएको त्यो बिनासकारी भुकम्पको सम्झना स्वरुप नेपालले प्रत्यक बर्ष माघ २ गते रास्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउदै आएको छ ।

त्यसपछि २०४५ सालमा फेरि अर्को भुकम्पको सामना गर्नु पर्यो नेपालले जुन ६.६ मेग्नेच्युटको मध्याम स्तरको थियो । उदयपुरको मुर्कुच्चेलाई केन्द्रबिन्दु बनाएर गएको यो भुकम्पले पनि नेपालभर ६५ हजार भन्दा धेरै विभिन्न संरचनाहरुको निसाना मेटाईदियो भने नेपालभर ७२१ भन्दा धेरै मानिसको ज्यान लिग्यो अनि हजारौं घाईते भए ।

यो भुकम्प पनि मध्यम स्तरको तर धेरै क्षती गरेको हिसाबले इतिहासमा दर्ज भएको छ । त्यसपछि फेरि २०६८ मा नेपाल र भारतको बोर्डरलाई केन्द्र बिन्दु बनाएर गएको ६.९ मेग्नेच्युडको भुकम्पले पनि नेपालमा असर गर्न पुग्यो । यो भुकम्पमा नेपालमा ६ जनाको ज्यान लिग्यो भने अन्य केहि घाईते भए तर ३० हजार भन्दा धेरै भौतिक संरचना ध्वस्त बनायो ।

झण्डै ८२ वर्ष पछि २०७२ बैशाख १२ गते नेपालले अर्को महा बिनाशकारी भुकम्पको सामना गर्नु पर्यो । त्यो भुकम्प सम्झदा अहिले पनि ज्यान कापेर आउँछ । गोर्खाको बार्पाक र दोलखालाई केन्द्रबिन्दु बमाएर गएको ७.६ मेग्नेच्युड र बैशाक २९ गते ६.८ मेग्नेच्युडको त्यो भुकम्पले नेपालमा ठूलो जनधनको क्षती गर्यो । यो भुकम्पको महसुस भारत, चिन र बाङ्गालादेशमा समेत गरिएको थियो ।

नेपालको ३१ भम्दा धेरै जिल्ला प्रभावित पारेको यो गोर्खा भुकम्पबाट ९ हजार भन्दा बढिले ज्यान गुमाए, २३ हजार भन्दा धेरै घाईते भए भने मुलुकभर ६ लाख भन्दा धेरै भौतिक संरचना माटोमा परिणत भए । यो भुकम्प पछि आएको युएनको रिपोर्टले नेपालमा झन्डै ८० लाख जनसंख्या यो भकम्पबाट प्रभावित बनेको तथ्य समेत सार्वजनिक गरेको थियो ।

भुकम्प एउटा पराकृतिक प्रकोप हो, यो कहाँ कतिबेला कसरी आउँछ र तहसनहस बनाउछ भन्ने अड्कल गर्न सक्ने कुनै पुर्वानुमान लगाउन सकिँदैन । भुकम्पलाई रोक्न छेक्न सकिँदैन हामी मानिसले गर्ने भनेको भुकम्पबाट हुन सक्ने सम्भाव्य जोखिमबाट आफुलाई बचाउने प्रयास मात्र हो । भुकम्प आफैले हामीलाई मार्ने होईन, मुख्यत भुकम्प जाँदा हामीले बनाएको भौतिक संरचना भत्केर ठुलो मानविय क्षति हुने गरेको छ ।

त्यसो त गलत भौतिक संरचना निर्माण र गलत तथ्य सुचनाहरुको कारण नै २०७२ को भुकम्पमा धेरै मानविय क्षति हुन पुग्यो । भुकम्प आउँदा टेवल मुनि, खाटमुनी लुक्ने, केही चिजमा आड लागेर बस्ने जस्ता अव्यवहारिक र न्युनतम ज्ञानको भ्रमले गर्दा बच्ने समय भएरै पनि ज्यान गुमाउन पुग्छन् । त्यसैले प्राकृतिक बिपत्तिको ठिलो रुप भुकम्प बारे मानविय धारणा र ब्यबहारिक ज्ञानलाई फराकिलो बनाउन तर्फ हामी अग्रसर हुनु जरुरी छ ।

भुकम्प सुरक्षा र यसको जोखिम न्युनिकरणको लागि समय समयमा केन्द्रीकृत अध्ययनहरुले विभिन्न रिपोर्टहरु बनाउने गर्छन, सम्भाब्य साङ्केतिक जोखिमको मुल्यांकन पनि गर्छन् तर सोही अनुसार भौतिक संरचना लगायतको निर्माणमा केन्द्रित भैदिएन भने समस्या जहाको त्यहि । हुनत परम्परागत संरचनाहरु कमजोर होईनन तर ईतिहास देखिको पुरानो र जिर्ण भैसकेको संरचनाको सुधारमा पहल गर्न नसक्नु हाम्रो कमजोरी नै हो ।

व्यवसायीकताको नाममा हुने जग्गा प्लटिङ, फडानी अनि अध्यायन बिनाको पहाड कटानिले यस्ता जोखिमलाई अझ धेरै बढवा दिएको छ यता तर्फ बेलैमा सोचिएन भने फरि यो भन्दा ठूलो क्षतिको सामना गर्न नपर्ला भन्न सकिने अवस्था छैन ।

७२ को भुकम्प पछि थुप्रै घरहरु भत्किए, मठ मन्दिरहरु बिलिन भए, हाम्रो ऐतिहासिक सान धरोहरा सेकेण्ड भरमै माटोमा मिल्न पुग्यो, अन्य थुप्रै सामाजिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका थुप्रै संरचनाहरु ध्वस्त भए । अब यी सबैको भुकम्प प्रतिरोधी तरिकाले निर्माण सम्पन्न गर्नु हाम्रो जिम्मेवारी बनेको छ । पुन निर्माण कार्य नभएका होईनन यसलाई अझै चुस्तता दिनु जरुरि छ ।

नेपालमा साना ठुला सबै खालक भौतिक संरचनाहरु भुकम्प प्रतिरोधी बनाउने भनेर संरचनागत डिजाईनर सहितको मापदण्ड समाबेश गरि राष्ट्रिय भवन सम्हिता निकै अघि १९९४ मा निर्माण गरिए पनि पाठ्यक्रममा समाबेस गर्न सकेको छैन । यो एक ठूलो कमजोरि हो हाम्रो निकायको । अर्को कुरा नेपाली पुनर्निर्माणमा आफ्नै संंहितालाई समाबेश नगरी बिदेशी प्राबिधिकको मात्र सहयोग लिनु एक लज्जाको बिषय हो यसलाई बेलैमा मनन गरियोस ।

त्यसैले यस्ता ब्यबहारिक पक्ष्यलाई शुल्झाउने काम प्राथमिकताम राख्नु अपरिहार्य छ । लामो समय भैसक्दा पनि भुकम्प पिडितले पुर्ण रुपमा राहत नपाएको अनि राज्यबाट उपेक्षा गरेका गुनासा हरु आउने गरेका छन यो हामी सबैको लागि दुखद मन्नु पर्छ ।

सम्बम्धित निकायले यथा सक्य जनगुनासोलाई सम्बोधन गरि पिडितलाई बर्षाको पानी अनि हिउदको सिरेठो सहज रुपमा पार गर्ने वातावरण निर्माण गर्न तदारुकता देकाउनु नितान्त जरुरी छ भने सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्यलाई जोड दिनु टड्कारो आवश्यकता देखिएको छ । भुईचालोले गिजोलेको हाम्रो धार्मिक सास्कृतिक सम्पदाहरुको जग र गाह्राहरु उठाई जिवित राख्न तदारुकता देखाउनु आवश्यक छ ।

हाम्रो भु संरचना आफैमा जोखिम युक्त छ । विभिन्न प्राकृतिक बिपत्तिहरु भुकम्प बाढी पहिरो, आगलागी, हिमतालहरुको जोखिम, यसबाट हुन सक्ने जोखिम जस्ता समस्या हाम्रो संरचनाले नै हामीलाई सुप्मिएको छ । यस्ता बिपत्तिले बर्सेनि मानविय दैनिक जिवस्तर, सामाजिक आर्थिक अवस्था अनि संरचनागत अवस्थालाई निकै असर पुराईरहेको छ । यस्तो अवस्थामा हामीले सम्भाव्य जोखिमको सामनाको लागि पुर्व तयारीको सम्पुर्ण कोसिसलाई सार्थकता दिनु आवश्यक छ ।

आर्थिक रुपमा हामी कमजोर छौं यसको मतलब यो होईनकी हामी केही गर्न सक्दैनौं । विभिन्न अन्तरास्ट्रिय निकायहरु प्राकृतिक बिपत्ती अनि अन्य सवालमा कमजोर अर्थ अबस्थालाई सघाउन तयार छन् । हामीले त्यो अवसरलाई सदुपयोग गर्न सक्नु पर्छ, उनीहरु संगको म्युचल अन्डर्स्टान्डमा हामी चल्न सक्नु पर्छ, हामीले उनिहरुलाई बिश्वास दिलाउन सक्नु पर्छ कि हामी जुनसुकै सहयोगलाई सार्थक परिणाममा रुपान्तरण गर्न सक्छौं । यति गर्न सकेको खण्डमा हामीले सोचेको अन्तराष्ट्रिय सहयोग प्राप्त गर्न सक्छौ जुन हाम्रो संरचनागत तयारीको साथी बन्न सक्छ । तर ७२ को भुकम्प पछिको अवस्था हेर्दा हामीले अन्तराष्ट्रिय निकायलाई विश्वास दिलाउन नसकेको आभास हुन्छ ।

यस्तो संबेदनसिल बिषयमा सरकार अनि सम्बन्धित निकायले कुटिल रणनिती अपनाएर सहाकर्यलाई बिस्वासमा परिणत गर्न सक्नुपर्छ जसबाट आउन सक्ने प्राकृतिक बिपत्तिको सामनामा सहजता मिलोस ।

हामीकहा चेतना र बिपद ब्यबस्थापनको पनि अत्यन्त नाजुक अवस्था छ । भौतिक संरचना निर्माणमा लापरबाही, अध्यायन अनुसन्धान अनि मोनिटरिङ पक्ष फितलो, योजनाहरुको तयारी पर्याप्त नहुनु जस्ता कमजोर पक्षले अझ क्षतिलाई बढव दिरहेको छ । अब हामीले पाठ सिक्नु पर्छ कि आधुनिक प्रबिधी सहित बिपद प्रतिरोधात्मक संरचनाबिना यस्ता माहा बिपदबाट बच्न सकिँदैन । त्यसैले अबको योजना पुर्वाग्रह रहित, पारदर्शी, योजनाबद्ध तयारी अनि कार्यगत संयमताको मार्गदर्शनमा चल्न सक्नु पर्छ ।

अबको हाम्रो नीति भुकम्प प्रतोरोधी संरचना निर्माण, इन्जिनियरिङ पार्टमा सक्षमता मुल्यांकन पछि मात्र लाईसेन्सको ब्यअवस्था, भौगोलिक अवस्थिती अनुरुपको योजना तर्जुमा, चेतनामुलक कार्यक्रमलाई ब्यापकता, खोज र अनुसंधान पक्षलाई ब्यापकता, विकासको लागि पब्लिक प्राईभेट पर्टनरसीप योजनाको तर्जुमा जस्ता ब्यापकताको खोजी हुनुपर्छ । त हाम्रा छिमेकीहरु अनि विश्वभरका मुलुक संग सहज कुटनितिक सम्बन्ध बिस्तार सहित उनिहरुको सस्विस जितेर उनिहरुको सहयोग सहित विकासको मोडलमा चल्न सक्नु हामी जस्तो विकासको पथमा लम्किरहेको मुलुकको लागि व्यापक फाईदाको पक्ष बन्ने निश्चित छ ।

आज बहुप्रकोपिय विपदमा भुकम्पिय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षाू भन्ने नारा सहित भुकम्प सुरक्षा दिवस मनाईरहदा औपचारिकता मात्र पूरा नगरियोस यावत समस्यको समाधान सहित नया चुस्त कार्य योजना सहित भुकम्प प्रतिरोधात्मक संरचना निर्माणमा तदारुकता देखाईयोस । जय देश