धादिङ । नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कमिटीका दुई जना रामहरि ढुंगाना, दिपक खतिवडा एमाले मै फर्किएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्मदत्त देवकोटाले खादा लगाएर स्वागत गरेका थिए ।
एमाले धादिङका अनुसार उनीहरु सँगै एकीकृत समाजवादीका नीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि र सानुकाजि बज्राचार्य पनि एमाले मै फर्किएका छन् ।