फेरि आज याद आयो बितेका कुराको, भनिन्छ आफ्नो जीवनमा घटेको घटना जस्तोसुकै भएपनि कहिले बिर्सन सकिदैन रहेछ कुरा, हो आज भन्दा २ बर्ष अधिको बैशाख १२ गतेको जुन आजको दिन म तेतिबेला म आफ्नो एस एल सि को परिक्षा सकेर नतिजाको पर्खाइमा बसेको थिए ।
जुन बेला मैदी २ किदरी भन्ने ठाउामा बसेको थिए। म जुन १२ गतेको दिनमा त्यस ठाँउबाट काठमाडौंको लागि यात्रा गरे केही सीप सिक्ने सुनौला सपना बुनेर । ग्यास चुलो बोकेर बिहेनाको ९ बजे तिर ससाह सम्म मैदीको बसमा सासहबाट करिब १ घन्टाको पर्खाइमा ११ बजे तिर धादिङ काठमाडौं यात्रा गर्ने गराउने ग्रामीण यातायात बस नम्बर ४९८५ मा चालक मिलन र सहचालक मदन बिक दुबैजना धदिङ्कै यात्रा गरियो तर त्यस्तो दिनमा गरिछु कि यात्रा गर्दै बुन्चुङ पारगरि माबिखोला धदिङ पुगिसकेको थिय्यौ । वरिपरि थर्कन थालो अनि पारी सलाङ गाबिसका घरहरु आफै ढल्न थालो धुलो उडेको देखियो ।
बिजुलीको खम्बाहरु हल्लाउँदै थियो भुकम्प जस्तो लागेन परेवा टारमा पुकेपछि बस पूर्णरुपमा रोकियो अनि बस भित्रका मान्छे हरु तल झरे। कोचाकोच गर्दै हाम्रो यात्रा त्यो गाडी मार्फत थियो । उकुस मुकुस भएपनि यात्रा जसरी पनि गर्नैपर्ने बाध्यता थियो । ठुलो धक्का महशुस भयो मोबाइले काम गेरेन कसैलाई कल गर्न पाइएन सबै जनाको खुट्टा काम्न थालो अनि ।
करिब २० मिनेटपछि अब त आउँदैन होला भनेर फेरि काठमाडौं कै यात्रा गरियो मलेखुवारिको सम्म परेको जमिन मा ठुलो धक्का आयो मलेखु माथिको थुलो पहाड पहिरो गयो । हार्इवयमा हिडेका सवारी रोकिन थालेको थियो धरै बेर । कति त्यहि ठाँउबाट धादिङ फर्के कति काठमाडौं तर म काठमाडौंको यात्रामा थिए । बेलुका ६ काठमाडौं आइ पुके बेहाल थियो कतै रुवाबासी सवारी सधान चलेको थियन । सबै मानिसहरु हल्लीखल्ली गर्दै सडकमा उत्रिरहेका थिए ।
मभने कतै जान सकिन त्यति बेला कोठा बाँसबारी महाराजगन्ज थियो । तर म कतै जान सकिन म आएको बसमा बस्ने निधो गरे रात भरी धक्का आयो भोलिपल्ट पनि तेस्तै भयो म ४ दिन बस मै बितिसक्दा पनि भुकम्प आउन थाडेको थिएन।