धादिङ क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १९ खेलाडी छनोट

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०८३

धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्ला क्रिकेट टोली तयार गर्न १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिता जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।

जिल्ला क्रिकेट संघ धादिङले खेलाडी छनोटका लागि बैशाख ४ गतेदेखि ९ गतेसम्म पालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट छनोट भएका ३० जना खेलाडीमध्ये प्रक्रिया पुर्‍याएर जिल्ला खेलकुद विकास समिति धादिङले जेठ १२ गते गलौंदीमा अन्तिम छनोट खेल सञ्चालन गरेको थियो ।

अन्तिम छनोटबाट १९ जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरिएको धादिङ टोलीका प्रशिक्षक उदयबहादुर थापाले जानकारी दिए । उनका अनुसार बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट अन्तिम १४ सदस्यीय धादिङ टोली घोषणा गरिनेछ ।

बन्द प्रशिक्षणमा छनोट हुने खेलाडीहरूमा धुनीबेंसीका कौशल रूपाखेती, अनिस रेग्मी र समिर तिमिल्सिना, त्रिपुरासुन्दरीका अमृत थापा, बेनीघाट रोराङका एन्जल सिलवाल, रामहरी सापकोटा, सृजन पाण्डे र दिपेश सेढाई रहेका छन् ।

त्यस्तै गल्छीका सन्देश नेपाल, रूपेश भुजेल, संजोग योञ्जन, प्रबिन खतिवडा, अनुज राज गुप्ता र रौनिक राज गुप्ता, सिद्धलेकका आरम्भ तिमिल्सिना र दिवास कँडेल, थाक्रेका आयुष रिजाल तथा सार्थक धिताल र स्वरूप श्रेष्ठ पनि बन्द प्रशिक्षणमा परेका छन् ।

धादिङ क्रिकेट टोलीले प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी अगाडि बढाएको जिल्ला क्रिकेट संघले जनाएको छ ।