रास्वपा बेनीघाट रोराङको सभापतिमा पुनः विष्णुहरि सिलवाल चयन

Avatar photo
Dhadingpost
जेष्ठ १३, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी बेनीघाट रोराङ गाउँपालिकाको सभापतिमा विष्णुहरि सिलवाल पुनः निर्विरोध चयन भएका छन् ।

यस अघि उनी २०८० मा रास्वपा बेनीघाट रोराङको सभापति बनेका थिए ।

मंगलबार सम्पन्न गाउँपालिका अधिवेशनबाट उपसभापतिमा पुष्प त्रिपाठी तथा सचिवमा अमृत श्रेष्ठ चयन भएका हुन् ।

केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा केन्द्रीय सदस्य आरके ढुङ्गाना, यज्ञमणि न्यौपाने लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।