बेनीघाट रोराङमा रास्वपा प्रति आकर्षण, सभापतिमा विष्णुहरि सिलवाल चयन

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३०, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङको भेला शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि रलामिछाने, उप सभापति डोल प्रसाद अर्याल, सहकोषाध्यक्ष बसुमायाँ तामाङ, सांसद स्वर्णिम वाग्ले, प्रदेश र जिल्लाका नेताहरुको उपस्थिितिमा सम्पन्न भएको छ ।

उक्त भेलामा बेनीघाटका लब्ध प्रतिष्ठत र समाजले रुचायका पात्रहरुको उल्यख्य संख्या हुँदा रास्वपा प्रति आकर्षित बढेको देखिएको थियो । भेलाले विष्णुहरि सिलवाललाई बेनीघाट रोराङको सभापतिमा सर्वसम्मत चयन गर्यो ।

रवि र स्वर्णिमको भाषणमा पिटिएको तातीले बेनीघाटमा अन्य दलहरुलाई धक्का लाग्ने पक्का पक्की देखिएको छ । जसमा पनि बेनीघाटमा कांग्रेसलाई भने ठुलै धक्का लाग्ने प्रष्टै देखिने शुक्रबारको उक्त भेलामा उपस्थितिहरुको भिडले देखाउँथ्यो । तेसो त रास्वपा धादिङका नेताहरुले यो उभार धादिङका सबै पालिकामा देखिएको दावी गरेका छन् ।

भेलाले उप सभापतिमा नबिना नेपाली, सचिवमा अमृत श्रेष्ठ, कोषध्यक्षमा रेशमराज कडेल, सदस्यहरुमा राजु सिलवाल, अलिनबाबु भुजेल, विकास चेपाङ, सुनिता उपाध्याय, सान्तोष घले, निर्मला सुनारलाई चयन गरेको छ ।