
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी गजुरी गाउँपालिकाको सभापतिमा पुनः मिलन डल्लाकोटी चयन भएका छन् ।
२०८० असार २४ गते रास्वपा गजुरीको सभापतिमा चयन भएका डल्लाकोटी शनिबार सम्पन्न गाउँ अधिवेशनबाट पुनः गाउँ सभापतिमा चयन भएका हुन् ।
अधिवेशनमा संघीय सांसद एवं रास्वपाका केन्द्रीय संगठन विभागका उपप्रमुख बोदनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभाग सदस्य कृष्णमान शाक्य, क्षेत्रीय सभापति श्रवण त्रिपाठी, जिल्ला सभापति सुर्यमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले गाउँपालिकास्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतामाझ पार्टीका गतिविधि विस्तार गर्ने तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
