किन्ताङफेदि स्थित बेली ब्रिज बैशाख १६ गते उद्घाटन हुने

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १३, २०८१

धादिङ । धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङफेदि स्थित किन्ताङ खोलामा निमार्ण भएको बेली ब्रिज पर्सि अर्थात बैशाख १६ गते उद्घाटन हुने भएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गर्ने खनियाबास गाउँपालिकाले जनाएको छ ।

खनियाबास गाउँपालिका ४ स्थित किन्ताङ खोलामा बनेको ३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको उक्त बेली ब्रिज नेपाली सेनाको प्राविधिक सहयोगमा निमार्ण गरिएको हो ।

गत अशोज १२ गते शिलान्यास भए सँगै नेपाली सेनाको प्राविधिक सहयोग निमार्ण सम्पन्न भएको थियो । उक्त बेली ब्रिजको कुल १ करोड १० लाख लागत रहेको छ । यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दथ्यो।