किन्ताङफेदी खोलामा बेलिब्रीज पुलको शिलान्यास

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १२, २०८०

धादिङ । उत्तरी धादिङ जोड्ने महत्वपूर्ण नाका किन्ताङफेदी खोलामा बेलिब्रीज पुलको आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।

संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा कुल १ करोड १० लाखमा बन्ने उक्त बेलिब्रीज पुलको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ स्थानीय जेष्ठ नागरिक वीर बहादुर तामाङले आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

नेपाली सेनाको प्राविधिक सहयोगमा बन्ने यस १३२ फिट लामो बेलिब्रीज पुलको काम ५० दिनमा सकिने बताईएको छ ।

तस्वीर सौजन्यः दुर्गा शाही ठकुरी