थाक्रेमा त्रिकोणात्मक टी-२० सिरिज हुने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

धादिङ । क्रिकेट विकास समिति थाक्रेले यहि बैशाख १५ गते त्रिकोणात्मक टी–२० सिरिज आयोजना गर्ने भएको छ । सिरिजमा थाक्रे, गल्छी र ज्वालामुखी क्लवहरु सहभागी हुने छन् ।

गत असोजमा गठन भएको क्रिकेट विकास समिति थाक्रेले नियमित रुपमा स्थाीय क्लवहरु सँगै मैत्रीपूर्ण खेलहरु खेल्दै आएको छ । एक साता अघि मात्रै गल्छी सँग थाक्रेले मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा थाक्रे ६ विकेटले बिजयी भएको थियो ।

उक्त सिरिजका लागि खेलकुद सामाग्री तथा आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको क्रिकेट विकास समिति थाक्रेले जनाएको छ ।