धुषा शिविरमा २१३ महिलाको पाठेघर क्यान्सर स्क्रिनिङ

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको धुषामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ महिलाले पाठेघर क्यान्सर स्क्रिनिङ गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र बेनीघाट रोराङ गाउँपालिकाको आयोजना भएको उक्त शिविरमा ८८ जना महिलाको स्तनको क्यान्सर सम्बन्धी जाँच, २१३ जनाको पाठेघर क्यान्सर स्क्रिनिङ, १४३ जनाको पाठेघर खस्ने सम्बन्धी जाँच, परिवार नियोजन सम्बन्धी ५ जनाको चेक जाँच गरिएको थियो ।

महिलाहरुमा हुन सक्ने अवस्ट्रेक्टिक़ फिस्टुला पाठेघर खस्ने समस्या लगाएत प्रजनन स्वास्थ्य रुग्णताको जाँच,स्तन क्यान्सर साथै सामान्य उपचार सम्बन्धी उक्त शिविरमा धादिङ अस्पताल धादिङका डा. प्रजिता श्रेष्ठ,डा. राम रिजाल र बेनीघाट आधारभूत अस्पतालका डा. उध्दप थपलिया लगायतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।