एमाले गंगाजमुनाको अध्यक्षमा नवराज ढकाल चयन

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १२, २०८१

धादिङ । नेकपा एमाले गंगाजमुना गाउँपालिकाको दोश्रो अधिवेशनबाट नवराज ढकाल अध्यक्षमा चयन भएका छन् । उक्त अधिवेशनले ४९ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा प्रेमबहादुर घले, सचिवमा जितबहादुर सिंखडा, उपसचिवमा मिना श्रेष्ठ , उपसचिवमा ईन्द्रबहादुर तामाङलाई चय गरेको छ । सात वडा रहेको गाउँपालिकामा एमालेले अधिवेशनबाट महिला ३३ प्रतिशत, दलित, जनजाती, र युवाहरुको समेत सहभागितामा पार्टी कमिटि गठन गरेको जनाएको छ ।

अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष अध्यक्ष भूमि त्रिपाठीको विशेष आतिथ्यता, उपाध्यक्ष अर्जुन गोरखाली, जिल्ला सचिव राधिका सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

कुन पालिकाको अधिवेशन कहिले ?
वैशाख ११ र १२ गते गंगाजमुना
वैशाख १२ र १३ गते त्रिपुरासुन्दरी
वैशाख १३ गते सिद्धलेक
वैशाख १४ र १५ ज्वालामूखी
वैशाख१६ र १७ बेनिघाटरोराङ
वैशाख १८ र १९ गजुरी
वैशाख १९ र २० नेत्रावती डबजोङ
वैशाख २२ र २३ नीलकण्ठ
वैशाख २४ र २५ गल्छी
वैशाख २६ र २७ धुनीबेसी
वैशाख २७ र २८ थाक्रे
वैशाख २९ गते खनियाबास
वैशाख ३० गते रुबीभ्याली

नेकपा एमाले धादिङले जिल्लामा १० हजार संगठित सदस्य रहेको र यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना मध्ये ७ हजारले नवीकरण गरेको बताइएको छ ।