धादिङका यी अनुहारहरु उठे विभिन्न देशको एनआरएनए चुनावमा

Avatar photo
गोविन्द बुढाथोकी
मङ्लबार, साउन १२, २०७८

धादिङ साउन १२ । यतिबेल विभिन्न देशमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषदको चुनावी रौनक सुरुभएको छ । यहि चुनावी दौरानमा धादिङबाट विभिन्न मुलुक पुगेका समाजिक क्षेत्रमा देखिएका यी अनुहारहरु उम्मेदवाका रुपमा देखिएका छन् ।

धादिङबेसी घर भएका रविन अधिकारी
एनआरएनए पोर्तुगलको अध्यक्षका उम्मेदवार

धादिङबेसी सदरमुकाममा घर भई पोर्तुगलमा बस्दै आएका रविन अधिकारीले आज एनआरएनए पोर्तुगलमाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघको आईसीसी सदस्य पदमा समेत रहेका अधिकारी पोर्तुगलमा रहेका नेपालीहरुले मन पराउने लिडर मध्ये एक हुन् । जुलाई ३१ एनआरएनए पोर्चुगलको चुनावमा अधिकारीको जित सुनिश्चित रहेको बताईन्छ ।

धादिङबेसीका कुमार अधिकारी
एनआरएनए अष्ट्रियाको उपध्यक्षका उम्मेदवार

धादिङबेसी घर भई विगत एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । समाज सेवामा रुची राख्ने कुमार अधिकारी २०२–२३ को कार्य समितिको लागि जुलाई ३१ मा हुने एनआरएनए अष्ट्रियाको निर्वाचनका लागि उपाध्यक्ष पदका लोकप्रिय उम्मेदवारी हुन् ।

मलेखुकी प्रसुना कडेल
एनआरएनए यूकेको उपाध्यक्षका उम्मेदवार

धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी दिइएकी छिन् । कडेलले गैर आवासीय नेपाली संघ यूकेको ३१ जुलाईमा हुने निर्वाचन २०२१-२३ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।

राजकुमार अधिकारी
एनआरएनए जापानको उपाध्यक्ष उम्मेदवार

एनआरएनए जापानको आगामी २०२१(२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारीले उम्मेदवारी दिएका छन् ।

नेत्रावती डवजोङका कृष्ण खनाल
एनआरएनए जापानको कोषाध्यक्षका उम्मेदवार

एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्ष पदका लागि धादिङ नेत्रावती डवजोङका कृष्ण खनालले उम्मेदवारी दिएका छन् । एक दशक अघि देखि जापान बस्दै आएका खनाल सन २०१६ देखि २०१८ र सन २०१८ देखि २०२० सम्म दुई कार्यकाल धादिङ समाज जापानको अध्यक्ष समेत भैसकेका छन् । । एनआरएनए जापानको ३० जुलाईमा हुने यस चुनावमा ९ हजार ३ सय भोटर छन् । एनआरएनए जापानको सचिव पदमा भने यस अघि नै श्याम सितल निर्विरोध निर्वाचित भै सकेका छन् ।

फुलखर्कका सुजन अधिकारीको
एनआरएनए अस्ट्रेलियामा उम्मेदवारी

धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । साझा एनआरएनए सबल एनआरएनए भन्ने नाराका साथ सुजन अधिकारीले सन् २०२१-२३ को नयाँ कार्य समिति सदस्यका लागि साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको हो । गैर आवसिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुन गहि रहेको छ ।

धादिङबेसीकी गीता भण्डारी
एआरएनए यूकेमा उम्मेदवारी

धादिङको नीलकण्ठ नगरपालिकाको चेली गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्य (Executive Member) मा उम्मेदवारी दिएकी छिन् ।गैरआवासीय नेपाली संघ यूके को २०२१-२३ को नयाँ कार्यसतिको लागि ३१ जुलाईमा सम्पन्न हुन गहि रहेको निर्वाचनको लागि भण्डारीले कार्यकारी सदस्यमा उम्मेदवारी दिएकी हुन् । आफ्नो जित सुनिश्चित रहेको भण्डारी बताउँछिन् ।

बेल्जियममा निर्वाचन सम्पन्न भैसको र मतगणना जारी छ । यहाँ धादिङ ज्वालामुखीका कासी दनैले उपाध्यक्ष पदमा र मलेखुका रमेश कडेलले महासचिव पदमा उम्मेदवारी दिएका छन् नतिजा केहि बेर पछि नै सार्वजनिक हुने बताईएको छ ।