
यूके साउन ८ । धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मदवारी दिनु भएको छ ।
कडेलले गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचन २०२१-२३ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।
उम्मेदवारी घोषणा सँगै उहाँले संस्थाको हरेक गतिविधिमा आफ्नो ज्ञान, सीप र अनुभव खर्चने, नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने, बेलायतमा नेपाली महिलाको अवस्था र सशक्तीकरणका कामहरुमा निरन्तरता दिने, युवाका आवाजहरु बुलन्द पार्ने, कला तथा संस्कृतीको जगेर्ना तथा प्रबर्द्धन र समुदायको चौतर्फी विकासका लागि सक्रिय भएर लाग्ने प्रतिवद्धता गर्नुभएको छ ।
गैर आवासीय नेपाली संघ यूके को २०२१-२३ को नयाँ समितिको लागि ३१ जुलाईमा निर्वाचन सम्पन्न हुन गहि रहेको छ ।