श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, साउन ६, २०७८

धादिङ साउन ६ । विगत एक दशक पहिले देखि जापानमा बस्दै आएका धादिङबेसीका श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप दुई जनाको मात्रै सचिव पदमा उम्मेदवारी परे सँगै सितल निर्विरोध निर्वाचित भएका हुन् ।

धादिङका गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारीले उपाध्यक्ष पदमा र नेत्रावती डवजोङका कृष्ण खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए जापानको जुलाई २७ मा हुने उक्त निर्वाचनका लागि ९ हजार ३ सय मतदाता छन् ।