एनआरएनए जापानको कोषाध्यक्षमा धादिङका कृष्ण खनालको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, असार २७, २०७८

जापान असार २७ । एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्ष पदका लागि धादिङ नेत्रावती डवजोङका कृष्ण खनालले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

एक दशक अघि देखि जापान बस्दै आउनु भएका खनाल सन २०१६ देखि २०१८ र सन २०१८ देखि २०२० सम्म (दुई कार्यकाल) धादिङ समाज जापानको अध्यक्ष समेत भैसक्नु भएको छ ।

गैरआवासीय नेपाली संघ जापानको मानार्थ परिषदमा रहेर काम गरि सक्नु भएका खनाल कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे सँगै ४ बुँदे प्रतिवद्धता समेत सर्नु भएको छ ।

यस्ता छन् उहाँका प्रतिवद्धता

१. एनआरएनए जापानको आर्थिक हर हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराउनेछु । साथै आर्थिक अनुगमन कमिटि बनाइ सुझाब ,सल्लाह लिएर अगाडी बढ्ने छु।

२. खर्चको हिसाव देखाउने मात्र होईन,संस्थाको कोष अभिवृद्धि गर्ने रचनात्मक कामहरु – विभिन्न राष्ट्रीय अन्तर्राष्ट्रीय व्यवसायीक प्रतिष्ठानहरुसंग सहकार्य गर्ने,क्लाउड फण्डिङ तथा विविध समय सान्दर्भिक कार्यक्रमहरुको आयोजना गर्ने आदि ।

३. एनआरएनए जापानको आर्थिक हिसाब कितावको मासिक विवरण तयार पारी संस्थाको बैंक खाताको फोटोकपी ,बिल लगायतका अन्य आबश्यक कुरा हरु इमेल तथा संस्थाको होमपेज मार्फत सरोकारवालाहरु समक्ष हरेक महिना सार्वजनिक गर्नेछु ।

४. पूर्व कार्यसमितिले थालनी गरेको आपतकालिन् कोषको निरन्तरता साथै यसको संचालन तथा व्यवस्थापनको एउटा स्पष्ट निति बनाउँदै जापानवासी नेपालीहरुमा भईपरि आउने समस्या तथा जन्मभूमि नेपालका विभिन्न आवश्यकताहरुमा उपयोग गराउनेछु ।

एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारी ले उपाध्यक्ष पदमा र नीलकण्ठ नगरपालिका घर भई जापान बस्दै आएका श्याम सितलले सचिव पदमा उम्मेदवारी घोषणा गरि सकेका छन् ।

जुलाई २७ मा हुने उक्त निर्वाचनका लागि ९ हजार ३ सय भोटर छन् ।