एनआरएनए जापानको अधिवेशनमा धादिङका २ जनाको उम्मेदवारी घोषणा

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, असार २१, २०७८

जापान असार २१ । जापानमा बसोबास गर्दै आएका धादिङ दुई जनाले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारी र सचिव पदका लागि नीलकण्ठ नगरपालिका घर भई जापान बस्दै आएका श्याम सितलले उम्मेदवारी घोषणा गरेका हुन् ।

उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै अधिकारीले दिगो संगठन व्यापक सहभागिता परिणाममुखी मेरो प्रतिवद्धता भन्ने सन्देश प्रवाह गरेका छन् ।

यस्तै धादिङमा रहेर अधुनिक गित संगितमा लोकप्रिय छवि बनाएका संचारकर्मी समेत रहेका श्याम सितलले अग्रज अभिभावक र आत्मिय शुभचिन्तकहरु सुझाबलाई मध्यनजर गर्दै गैर सचिव पदमा उम्मेदवारी दिएको बताएका छन् । एनआरएनए जापानको आगामी कार्यकालमा सचिव पदमा रहेर सेवा गर्ने अवसरको लागि शितलले ‘सम्पूर्ण जापानवासी नेपालीहरुबाट पूर्ण साथ र सहयोग पाउने अपेक्षा राखेका छन् ।

जुलाई २७ मा हुने उक्त निर्वाचनका लागि ९ हजार ३ सय भोटर छन् ।