
धादिङ साउन ९ । धादिङबेसी सदरमुकाममा घर भई पोर्चुगल बस्दै आएका रविन अधिकारीले आज एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गैर आवासीय नेपाली संघको ICC सदस्य पदमा समेत रहेका अधिकारी पोर्चुगलमा रहेका नेपालीहरुले मन पराउने लिडर मध्ये एक हुन् ।
सामाजिक सेवामा क्रियाशिल अधिकारीले एनआरएनए पोर्चुगलको २०२१–२३ कालागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफुलाई जिताई थप हौसलाका साथ काम गर्न दिन आव्हान गरेका छन् ।
एनआरएनए पोर्चुगलको चुनाव जुलाई ३१ मा हुँदैछ ।