एनआरएनए अस्ट्रेलियामा सुजन अधिकारीको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
मङ्लबार, असार २९, २०७८

अस्ट्रेलिया असार २९ । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।

साझा एनआरएनए सबल एनआरएनए भन्ने नाराका साथ सुजन अधिकारीले सन् २०२१-२३ को नयाँ कार्य समिति सदस्यका लागि साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

गैर आवसिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुन गहि रहेको छ ।

यस्तो छ उहाँको प्रतिवद्धता

  • अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् त्यसमा एकरुपता लिएर आउनको निम्ति एउटै पाठ्यक्रम लागु गराउने ।
  • हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।
  • युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्नेछु ।
  • पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको छ । त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुँच गराउने छु ।
  • हामी प्रविधियुक्त देशमा बसेका छौ । त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्थालाई निरन्तरता दिने ।
  • राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु ।
  • नेपालमा लगानी र नेपालमा सहयोग कार्यक्रमलाई जोड दिने छु ।