
अष्ट्रिया साउन ५ । धादिङबेसी घर भई विगत एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
समाज सेवामा रुची राख्ने कुमार अधिकारी २०२१२३ को कार्यसमितिको लागि जुलाई ३१ मा हुने एनआरएनए अष्ट्रियाको निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिए सँगै अधिकारीले अष्ट्रियामा बसोबास गर्ने नेपालीहरूको हितलाइ सदैव ध्यानमा राखेर भाईचारा कायम गर्ने र नेपाल र नेपालीको राष्ट्रियताको पक्षमा दृढ भएर आफ्नो भुमिका निभाउने जनाएका छन् ।
एनआरएनए अष्ट्रियाको यस निर्वाचनका लागि ५०० जना प्रतिनीधिहरुले मतदान गर्ने छन् ।