अन्तर्राष्ट्रिय धादिङ समाजको सदस्यमा मकाउबाट शिव सिटौलाको उम्मेदवारी

Avatar photo
Dhadingpost
कार्तिक १, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी कार्यकालका लागि मकाउबाट शिव सिटौलाले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

धादिङ समाज मकाउका संयोजक नवराज लम्सालका अनुसार मकाउमा रहेका धादिङवासीको प्रतिनिधित्व गर्दै आगामी कार्यकालका लागि एक जनालाई अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यसमिति सदस्यमा पठाउने योजनाअनुसार सिटौलालाई उम्मेदवार बनाउन लागिएको बताए ।

अन्तर्राष्ट्रिय धादिङ समाजको गरिमा अझ उचो बनाउने उद्देश्यसहित मकाउमा रहेका धादिङवासीको समर्थनमा सिटौलाले सदस्य पदमा उम्मेदवारी दिएको लम्सालले बताए । उम्मेदवार मनोनयन आज बिहान १० बजे सम्म कायम रहने छ ।

विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन आज धादिङबेसीस्थित क्रिक रिसोर्टमा हुँदैछ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।