धादिङको गिलिङ-चो पोखरी पर्यटकको पर्खाईमा

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ९, २०७७

सन्दिप स्याम्जेन तामाङ,
धादिङ फागुन ९ ।
धादिङको खनियाबास गाउँपालिका १ झार्लाङको गिलिङ चो नाक पोखरी आन्तरीक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य हो ।

ऐतिहासिक पर्यटकिय एवम् धार्मिक स्थल (हे च्यात) को संरक्षणका लागि वडाले १० लाख खर्च गरि हाल पर्खाल लगाएको छ । झार्लाङका जेष्ठ नागरिकहरु लामा झाक्रीहरुले भने अनुसार यहि पोखरीमा नागको वासस्थान हो ।

हरेक भदौ पुर्णिामाको दिन साबिक झार्लाङ गाबिस भरी कै ३० देखि ४० जना समुहको झाक्री नाँँच मेला लाग्ने गर्दथ्यो । एक दिनको कुरो एक जना झाक्री नाचेको त्यही दिन यहि पोखरीको छेउ छेउमा झाँक्री सङ्गै नाच्न जाने क्रममा चिप्लेर पोखरी भित्र परे ।

त्यही डुबेर अत्तोपत्तो भएन छ एक वर्ष पछि त्यो मान्छेको हड्डी लागभग १ हजार मिटर तल पर्ने एउटा पानीको मुहान सिङच्येत नाम गरेको मुहानमा भेटियो । त्यसपछि लामा गुरुले त्यो माथी पोखरी बसेको नाकलाई बगर बाट उठाएर ल्याएको १५ किलो जत्तिको ढुङ्गा मन्त्र गरेर फ्याकिदिए ।

त्यहाँको नागलाई एक जना स्योङतेन थरका लामा गुरुले मान्छे खदो रहेछ भनी लखेटेछन् त्यसपछि गणेश हिमालको फेद मुनि जुन अहिले कालो दह, सेतो दह भनेर हामी सुन्छौ त्यहाँ गएर बसेको छ बताईन्छ ।

यहाँको नाक भगेर त्यो ठाउँमा अहिले स्योङतेन थर गरेको मान्छे गयो भने त्यही काली दह सेतो दहमा भएको नाकले खाइदिने र खाइदिन्छ भन्ने बिश्वास गरिन्छ । र झार्लाङका स्योङतेनहरु अहिले पनि काली दह सेतो दह क्षेत्रमा जाँदैनन् ।

यहि (हे च्यात) बनाइएको जुन बिचमा रखिएको देउराली छ त्यहाँ झाक्रीहरुले कुखुराको अन्डामा दशा फलेर रखि नाच्ने चलान छ । कुनाको सात वटा देउरालीमा छेउको पोखरीमा तीन फन्को झाँक्रीहरु नाचेर दिन भरी कुनाको देउरालिमा न्य्हदा स्युप्दाको नाम जप्दै नाँच्ने चलान रहेको छ र यो पोखरीमा असार देखि असोज सम्म न मुहान छ, न धारा छ यत्तिकै पानी निस्केर पोखरी बन्छ बिस्तारै कर्तिक लगेपछि आफै सुक्दै जान्छ ।