धादिङ पुस ४ । आज भन्दा ठिक १७ वर्ष पहिला आजैको दिन अर्थात २०६० साल पुस ४ गते बेलुका ४ बजे काठमाडौंबाट राज्यपक्षले धुनीबेसी नगरपालिका स्थित जीवनपुरका मुकुन्द सेढाईलाई बेपत्ता बनाएको थियो ।
गाउँका सामान्य किसान आफ्नो बारीमा लगाएको उखु लिएर बेच्न काठमाडौं जानु भएको अवस्थामा काठमाडौंको भिमसेन स्थानबाट माओवादीको आरोपमा सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको हो ।
तात्कालिन नेकपा माओवादी माओवादीले संचालन गरेको जनयुद्धको क्रममा माओवादी कार्यकर्ता भएकै आधारमा बेपत्ता पारिनु भएका मुकुन्द सेढाई लगायत धुनीबेसीबाट १० जना बेपत्ता छन् ।
धादिङको धुनीबेसी नगरपालिकाका वैकुण्ठ रेग्मी, राजकुमार वास्कोटा, उमा नेपाल, सरला सापकोटा र संगिता ठकुरी गरी ६ जना माओवादी भएकै कारण राज्यपक्षले हत्या गरेको थियो । भने हरी आचार्य, हरी लुइटेल, नानिराम काफ्ले, विदुर रेग्मी, शिव सापकोटा, केदार कुँवर, राजकुमार मानन्धर, वैकुण्ठ भुजेल, दिवाकर लुईटेल, मुकुन्द सेढाई गरी १० जनालाई राज्यपक्षले अहिले सम्म बेपत्ता वनाएको छ ।
यो पनि
धादिङका २६ जना अझै सम्म वेपत्ता
नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो जनयुद्धको क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्कअनुसार राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ । यस मध्य धादिङ जिल्लाबाट २६ जना अहिले पनि वेपत्ता छन् ।