धादिङका २६ जना अझै सम्म वेपत्ता

Avatar photo
Dhadingpost
आइतवार, भदौ १४, २०७७

धादिङ भाद्र १३ । आज अगष्ट ३० अर्थात विश्व वेपत्ता विरुद्धको दिवस । सन् २०११ सालबाट नेपालमा पनि मानवअधिकारकर्मी र रेडक्रसले यो दिवस नियमित रुपमा मनाउँदै आएका छन् । तर यो वर्ष कोरोना महामारिका कारण सर्वजनिक कार्यक्रम भने नहुने भएको छ ।

जिल्ला रेडक्रस सोसाईटी धादिङले कार्यालय परिसरमा दिप प्रज्वलन गरि आज वेपत्ता विरुद्धको दिवस मनाउन लागेको जिल्ला सभापति नारायण तिमल्सिनाले बताउनु भयो ।

नेपालमा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका क्रममा धादिङ जिल्लाबाट मात्र २६ जना मानिसहरु वेपत्ता भएका छन् । तात्कालिन माओवादी र सरकार बीच शान्ति सौझौता भए अहिले सम्म पनि शान्ति साम्झौतामा उल्लेख भएका निर्णयहरु पूर्णरुपमा कार्यान्वय आउन नसकेकोमा वेपत्ता परिवारहरु चिन्तित बनेका छन् ।

नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो जनयुद्धको क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)तर्फबाट ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । इन्सेकको तथ्याङ्कअनुसार राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ । यस मध्य धादिङ जिल्लाबाट २६ जना अहिले पनि वेपत्ता छन् ।

वेपत्ता परिवारले आफ्ना सन्तान खोजविनको लागि पहल गरिदिन भनेर सरकार सँग हार गहार गरेको वर्षौ भईसक्यो तर सरकारले अझै यो काम टुङ्गोमा पुर्याउन सकेको छैन । (फिचर फोटोः फाइल)

यी हुन् धादिङका वेपत्ताहरु