कुन बेला, कस्ले कस्तो, पीपीई लगाउने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २४, २०७६

शिव राना

सन्दर्भ: Pandemic COVID-19 र PPE .

हिजो-आज स्वास्थ्य सम्बन्धि ब्यक्तिगत सुरक्षा सामाग्री (PPE) लगाएर फोटो सामाजिक सन्जालमा सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ । PPE लगाउनु कुनै fashion होइन । सर्वसाधरण त भैन हाले स्वास्थ्यकर्मीहरु पनि प्रतिस्पर्धामा अग्र पङ्तीमा देखिन्छ । लाग्छ PPE नै COVID-19 को औषधि हो । विश्व स्वास्थ्य सङ्गठन (WHO) तथा नेपाल सरकारले PPE को गुणस्तर, प्रयोग विधि, कुन बेला कस्ले कस्तो प्रकारको प्रयोग गर्ने मापडन्ड तयार गरेको छ । हाल बजारमा उपलब्ध गुणस्तरहिन PPE ले रोगबाट बचाउनु भन्दा रोग बढाउनु सक्छ । PPE को लगाउने देखि फुकाल्ने तथा बिसर्जन गर्ने बिधि छन । जुन प्रयोग गर्ने ले जान्नु अत्यावश्यक हुन्छ । यहाँ एक फोटो उपलब्ध छ । जस्ले स्वास्थ्यकर्मीलाई कुन आवश्यकतामा कस्तो प्राकारको PPE प्रयोग गर्नु पर्छ । आफू ले प्रायोग गरेको PPE कस्तो प्रकारको छ । केहि हद सम्म उपयोगि हुन सक्छ ।

साभार : WHO bulletin, 19th March , 2020