परेवाटारमा भागवत जारी (छैटौं दिन दान दिनेहरुको नाम समेत)

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २५, २०७६

धादिङ मंसिर २५ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुरको परेवाटारमा विश्वकै नमुना चारधाम बनाउने बृहत योजना अनुरुप श्रीमद भागवत महापुराण जारी छ ।

परेवाटारमा जारी भागवतको छैटौं दिन सम्म आईपुग्दा भागवतबाट ७९ लाख ४२ हजार ५६० रुपैयाँ दान प्राप्त भएको छ ।

दान गरौँ, मनले गरौँ स्वच्छाएले गरौँ, यसपालि दान अबश्य गरौँ”, “सकै सात दिन जाऔँ, नसके एक दिन अवश्य जानै पर्ने ठाउँ” भन्ने मुल मन्त्रको साथ विश्व भागवत धाम कोष नेपालले परेवाटारमा आयोजना गरेको भागवतको कथा वाचन बाल तसस्बी महाराज उत्तम भट्टले गरेका छन् ।

छैटौं दिन मिडिया हवका संचालन सोम धिताल काठमाडौं बाट समेत दान दिन काठमाडौबाट परेवाटार आईपुगेका थिए भने धादिङबेसी लेखापढी संघका अध्यक्ष भोज परियार समेत दान गर्न परेवाटार पुगेका थिए ।

परेवाटार भागवत दान संकंलन अपडेटः
पहिलो र दोश्रो दिन -५ लाख २३ हजार ५५५ रुपैयाँ
तेस्रो दिन -५ लाख ५३ हजार ५३३ रुपैयाँ
चौंथो दिन -२६ लाख ३६ हजार ६५५ रुपैयाँ
पाँचौं दिन –२६ लाख ५० हजार ३१५ रुपैयाँ
छैटौं दिन –१५ लाख ७८ हजार ५१० रुपैयाँ
जम्माः ७९ लाख ४२ हजार ५६० रुपैयाँ

छैटौं दिनको दान गर्ने भक्तजनहरुको नामावली यस प्रकार छ ।