लकडाउनमा नागरिक आवाज

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ११, २०७६

मेरो गाँउपालिकाको स्थानीय सरकारलाई मेरो सुझाब

Krishna Rana Magar

तत्काल गर्नुपर्ने काम:
१. गाँउपालिका कार्यलयमा हटलाईन टेलीफोनको ब्यवस्था गरि चौबिसैघण्टा पालिकाभित्रका जनताले सम्पर्क गर्नसक्ने ब्यवस्था गरौँ । र सबै जनतालाई सम्पर्क नम्बर बितरण गरौँ ।
२. गाँउपालिका स्वस्थ्यशाखाको नेतृत्वमा कोरोना संक्रमित बिरामी उपचार गर्ने स्वस्थ्यकर्मीको टास्कफोर्स निर्माणगरी उच्चसतर्क अबस्थामा राखौँ ।
३. पालिकाभित्रका सबै वडा कार्यलयहरुमा क्वारेन्टाइन हल को निर्माण गरौँ ।
४. पालिका स्तरमा कोरोना राहतकोष स्थापनागरी स्थानिय जनतालाई कोरोना संक्रमित भएमा एकद्वार नितिबनाएर उपचार गर्ने ब्यवस्था गरौँ ।
५. कोरोना संक्रमित विदेशी मुलुकबाट घरफर्केका यस पालिकाभित्रका कोहिपनी जनताको पहिचानगरी सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था गरौँ ।
६. पालिकाभित्र दैनिक उपभोग्य सामाग्रीको अभावहुन नदिन उपभोग्य सामाग्रीको आयत तथा बिक्रीवितरणको लागि उच्चस्तरिय अनुगमन समितिको निर्माण गरौँ ।
७. कोरोना संक्रमित बिरामिको उपचारमा संलग्न हुनुपर्ने डाक्टर, स्वस्थ्यर्मी, कर्मचारी, सुरक्षाकर्मी, सबारी चालक, लगायतको स्वस्थ्यको सुरक्षाहुनेगरी स्वस्थ्य सामाग्रीहरुको प्रबन्ध गरि उनिहरुको उच्च मनोबलको साथ काम गराउनको लागि शत प्रतिशत प्रोत्साहन भत्ताको ब्यवस्था गरौँ ।
८. स्थानिय स्तरमा कोरोना सम्बन्धी समाचार सम्प्रेषण गर्ने संचारकर्मीहरुको लगत संकलन गरि गाँउपालिकाको नियमित सम्पर्कमा राखौँ ।
९. विभिन्न सामाजिक संजालहरु मार्फत आएका सत्य र मिथ्य सुचना तथा समाचारहरुलाई अध्ययनगरि सत्य समाचारको बारेमा जनतालाई दैनिक रुपमा आधिकारिक सुचना प्रवाह गर्ने ब्यवस्था गरौँ ।
त्रसित नहौँ, सतर्क रहौँ ।

Covid_19