Mitharam Bishwakarma
नेपाल भारत बीच कालापानीका विषयमा हामीले जाने अनुसार धेरै पहिला देखि बिभाद बन्दै आएको छ । कालापानी ३६००० फिटको उचाइमा छ । यो क्षेत्रमा इण्डो-टिबेटियन वोडर पुलिस १९६२ देखि चीनसँग भएको वोडर बिबादकारण त्यहाँ बस्दै आएको छ ।
सुगाैली सन्धि अनुसार ब्रिटिस ईष्ट इण्डीया कम्पनीको १८१६ अनुसार कालीगण्डकी नदि नेपालको पश्चिम सिमा भनिएको रहेछ । कालापानी नदिको एरिया ४ किलोमिटरको छ भन्ने पुष्टि भएको छ । सेन्टर हिमालको पर्वत पनि लिपुलेखबाट १७ कि.मि. मा टिबेट जोडिन्छ ।
कालापानी मानसरोवरमा जाने बाटोमा पर्दछ । यसलाई व्यास भेलि पनि भनिन्छ । यहाँ काली नदिको मुहान पर्दछ र यहाँ काली देवीको मन्दिर छ । एकपटक नेपाल सरकारले रामचन्द्र पौडेललाई स्थलगत निरिक्षण गर्न पठाएको पनि थियो ।
भारतद्वारा कालापानी मिचिएक छ तर नेपाल किन चुप रहन्छ, आश्चर्य लाग्छ । कालापानी मात्रै होइन लिपुलेख पनि मिचिएको छ । विषय गम्भीर बन्दै जादा पनि नेपाल चुप बस्नुलाई कायरता नै हो । सकभर छिमेकी देशसंग हाम्रो सम्बन्ध चिसो नहोस् भन्दाभन्दै एकोहोरो पेलाइ भयो भने सैय नहुन सक्छ ।
भारतले हाम्रा नेताहरूलाई किन एजेन्ट बनाएर पालेको छ त्यो पनि विस्तारै पुष्टि हुदैछ । तर नेपालमा लेन्डुपहरु टिक्न सक्ने छैनन् । य राम्रोसँग बुझिराखे हुन्छ ।
मैले त्यस्ता राजनेताको भारतलाई चर्को आलोचना फेसबुक स्टाटसमा गरेको देखेको छु जुन बेलुकीको एयर इण्डी प्लेनमा चडेर डिल्लीमा रात विताएर भोलिपल्ट बिहान नेपाल एरलाइन्सबाट नेपाल आइपुग्नेहरुको ?