एसईई नहुने घोषणा, बिज्ञको मुद्दा सम्वोधन

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २९, २०७७

R.k. Dhungana

यो वर्ष एसईई नहुने घोषणा भएसंगै बिज्ञ, शैक्षिक नेतृत्वहरुले उठाएको महत्वपूर्ण मुद्दा सम्वोधन भएको छ, परीक्षाको तयारीमा रहेका विद्यार्थी पनि स्वभाविक रुपमा खुसी भएका छन् । यो निर्णयसँगै अव केहि महत्वपूर्ण सवालमा मूल्याङ्कन गर्ने शिक्षक, विद्यालय प्रशासन र शिक्षा मन्त्रालय अझ बढि जिम्मेवार र चनाखो भएर यथार्थपरक नतिजाका लागि तयारी गर्नुपर्ने अनुरोध गर्दै एक जना शैक्षिक व्यक्तित्वका हिसावले निम्न सुझावहरु दिन चाहन्छु ।

१. कक्षामा राम्रो अध्ययन गर्ने, तार्किक, सिर्जनात्मक उत्तर दिने, मिहेनती, अनुशासित र आन्तरिक परीक्षामा समेत राम्रो गरेका विद्यार्थीहरुलाई मात्र उच्च ग्रेड दिने गरि मूल्याङ्कन गर्ने । जसले गर्दै विज्ञान लगायत विषय लिएर पढुने विद्यार्थीहरुको असफल हुने दर स्वतः कम गर्न मद्दत गर्दछ ।

२.परीक्षाका समय विरामी भएको वा विभिन्न कारणले आन्तरिक परीक्षामा कम नम्बर ल्याएका तर अन्तिम परीक्षा बाहेकका सवै आन्तरिक मूल्याङ्कनमा अव्बल रहेका, माथि १ नं. मा भनिएका अन्य मापदण्ड पुरा गरेका विद्यार्थीहरुलाई सोहि अनुसार उच्च मूल्याङ्कन गर्ने ।

३. विद्यालयका वीच को अव्वल भन्ने अस्वस्थ प्रतिस्पर्धाभन्दा बास्तवमा विद्यार्थीहरु वीच को र कसरी अव्वल छ भन्ने कुरालाई प्राथमिकता दिने । ४ जिपिएको महासंग्राममा लाग्ने भन्दा भविष्यका लागि राम्रो जनशक्ति तयार गर्ने गरि विद्यालय जिम्मेवार हुने ।

४. यो वर्ष विशेष कारणवश परीक्षा लिन नसकिएको तर अर्को वर्षबाट प्रदेश स्तरबाट एसइइ हुने भएकाले भोलिका दिनमा यो व्याचलाई परीक्षा विना सफल भएको ट्याग लाग्न नदिन आन्तरिक मूल्याङ्कनका दायरा फराकिलो बनाइ सवै उपाय अवलम्बन गर्ने ।

५. मन्त्रालयले यसवर्षका लागि मात्र भएपनि आन्तरिक मूल्याङ्कनका बहुआयामहरु समावेश गरि मूल्याङ्कन फाराम भर्न लगाइ सोहि अनुसारमात्र ग्रेड दिने गरि सवै विद्यालयमा यथाशिघ्र सर्कुलर गर्ने ।