एम्बुलेन्स चालकलाई कोरोना संक्रमण रोक्ने तालिम दिन माग

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ५, २०७६

धादिङ चैत्र ५ । धादिङको प्रायः सबै ठाउँमा दुर्घटना हुँदा एम्बुलेन्स सहित पुग्ने जिल्ला एम्बुलेन्स संघ धादिङका अध्यक्ष भेषराज ठकुरीले कोरोना भाइरसको संक्रमणलाई न्यूनिकरण गर्न सरकारले एम्बुलेन्स चालकहरुलाई तालिम नदिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

हरेक विरामी बोकेर हिड्नु पर्ने एम्बुलेन्स चालकलाई राज्यले बिशेष सुरक्षा सहित तालिम दिन नसकेको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,- कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी हल्ला हुदा हुँदै सबै सुरक्षित ठाऊतिर लागे सुरक्षित हुने कुरा पनि नेपाल सरकारले धोषण गरिसकेको छ, तर Ambulance चालकलाई पत्तै छैन । जो १ जना Ambulance चालकले १००० जनाको ज्यान बचाएर दिन रात नभनी हिद्नु छ । न Ambulance चालकलाई न प्रशिक्षण, न तालिम Ambulance ड्राईभर भनेको बिरामीको पहिलो डाक्टर हो, भने राज्यको कुन अङ्ग हो थाहै छैन । सरोकारवाला र राज्यले ध्यान नपुर्‍याये कोरोना भाइरस Ambulance चालक बन्ने छ र कोहि पनि सुरक्षित हुदैन । विरामी र सुरक्षित चालकको लागि राज्यको ध्यान जाओस्

संयुक्त Ambulance चालक समाज नेपाल धादिङ परिवार