सचेत बनौं

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ३, २०७७

Ram Lohani

पिपिइ लगाएका स्वास्थ्य कर्मीबाट भाइरस फैलिँदैन ? यो विशेष पोशाकले कसलाई सङ्क्रमित हुन बाट बचाउने हो ?

स्वास्थ्यकर्मी उही पोशाक लगाएर बिसौँ व्यक्तिको स्वाब नमुना सङ्कलन गरिरहेको हुन्छ । तीमध्ये केही सङ्क्रमित रहेछन् र लगत्तै अर्को स्वस्थ व्यक्तिको स्वाब निकाल्न खटेको छ भने त्यो स्वस्थ व्यक्तिमा त्यही स्वास्थ्यकर्मीले भाइरस स्थानान्तरण गरिदिसकेको हुन्छ ।

स्वास्थ्यकर्मी पोशाकको कारण भाइरसबाट बचे पनि भाइरस बिस्तारको माध्यम भने बनिरहेको हुन्छ । त्यो बेलामा निकालिएको स्वाब नमुनामा भाइरस जिन देखिने त कुरै भएन । झन् आरडीटी परीक्षण रहेछ भने एन्टीबडी त के देखियोस् !

भाइरस त भर्खर प्रवेश गरेको छ । भाइरस बोकेर गएको व्यक्ति स्वस्थ “प्रमाणित” भएर भाइरस बिस्तारको महत्वपूर्ण कारक बनिरहेको हुन्छ । समुदायमा व्यापक परीक्षण वास्तवमा बिस्तारको आधार बन्न पुग्छ ।