धादिङमा उत्पादित भुइँ स्याउ विक्रि वितरण सुरु

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १२, २०७२

2 copyधादिङ । धादिङका कृषकहरु खेतिलाई आधुनिक र व्यवसायीककरण गर्ने क्रममा भुई स्याउतर्फ आकर्षित भएक छन् ।
धादिङ खाल्टेका शंकर अधिकारीले पहिलो पल्ट परिक्षण स्वरुप भुँइ स्याउ खेती गर्नु भयो । आशा गरे जस्तै उत्पादन भयो । अहिले उत्पादित भुँईं स्याउ (ग्राउन्ड एप्पल) विक्रि वितरणका लागि धादिङबेसी पठाईएको छ । अको वर्ष देखि व्यवसायीक रुपमै यो खेती गर्ने सोच बनाएको अधिकारीले बताउनु भयो । अहिले धादिङबेसी स्थित सितलबजारमा बिक्रिमा राखिएको भुँईं स्याउ (ग्राउन्ड एप्पल) को बजार मुल्य १ सय छ ।
यो मुल्य किसानका लागि राम्रो मुल्य भएको पनि अधिकारीले बताउन भयो । प्रति केजी ४ सय रुपैयाँमा विऊ किनेर ल्याउनुभएका अधिकारीले केही विउ स्थानीय अन्य किसानहरुलाई समेत वितरण गरेको बताउनुभयो । समुन्द्रि सतहबाट करिब चौध सय मिटरको उचाईमा रहेको काउलेमा चिसो हावा पानी भएको कारण पनि उत्पादन राम्रो भएको हुनसक्ने अधिकारीले बताउनुभयो ।
जमिनमुनी फल्ने स्याउ खेतीका बारेमा जानकारी पाएपछि सेम्जोङ, खाल्टे, गुम्दी र दक्षिणी धादिङको महादेवस्थान वडा नम्बर ३ ब्रुसबाङका चेपाङ समुदाय र किरान्चोका किसानहरुले भुईं स्याउको खेती सुरु गरेका छन् ।
1 copyकिरान्चोकका सुर्य तामाङले पनि सुनेकै आधारमा १५ हजार भुँईं स्याउ (ग्राउन्ड एप्पल) को विउ रोपेको बताउनुभयो । तामाङले भननुभयो– मेरोमा त उत्पादन राम्म्रै छ, अर्को वर्ष अझै बढाएर खेती गर्छु । भुँई स्याउबाट सलाद, जुस र अन्य परिकार तयार हुन्छन् भने ‘वाइन’ बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । भूई स्याउ एउटा बोटमा ५ केजीसम्म उत्पादन हुने कृषकको भनाइ छ ।
भुईं स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सीसमेत उत्पादन हुने बताईएको छ ।
एक दर्जनभन्दा बढी रोग निको बनाउने औषधिका रूपमा प्रयोग हुँदै आएको भुईं स्याउ (ग्राउन्ड एप्पल) मानिसमा लाग्ने मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, कमलपित्त, क्यान्सर, एलर्जी लगायतका रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।
खेती सुरु गरिएको नौ महिनामै फल्न सुरु हुने र एउटै बोटबाट पाँच केजीसम्म स्याउ उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आयआर्जनमा राम्रो सहयोग पुग्ने भूई स्याउ कृषकहरुको भनाई छ ।