Shaligram Aryal
राम राम ! हराम छ बाबुराम ।
अझ मोदी लगाम छ बाबुराम ।।
रक्तपात पछि घात गरेर भागे ।
नव शक्ति छलछाम छ बाबुराम ।।
पसी भित्र मधेस अझ भारतमा ।
भ्रष्ट तस्कर गुलाम छ बाबुराम ।।
भनी राजनिती भाँड र ताण्डव ! ।
सब काम त बेकाम छ बाबुराम ।।
तिमी विज्ञ बिदूष भनी आस रह्यो ।
दल त्यागी बदनाम छ बाबुराम ।।
तिमी आज मधेस पुच्छर बन्यौ ।
दलाल सँग कति दाम छ बाबुराम ?
नालाङ बैरेनी, धादिङ ।