सहकारी शिक्षालाई उत्प्रेरणाको रुपमा लैजानुपर्छ

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २३, २०७१

हिजोआज के मा व्यस्त हुनुुहुन्छ ?
हाम्रो यो सहकारी विभाग मार्फत डिभिजन सहाकारी कार्यालयमा प्राप्त भएको नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रम सम्पन्न गर्ने शिलसिलामा नै छौं । विशेष गरी तालिम, सहकारी शिक्षा तालिम, पूर्व सहकारी शिक्षा तालिम, लेखा व्यवस्थापन तालिम र नियमन krishna sirसम्बन्धी संस्थाको कामहरु भैरहेका छन् । नियमित कामहरु दर्ता, संस्थाको खारेजीतर्फको प्रक्रियाहरु पनि अगाडि बढिरहेका छन् ।
द्धडिभिजन सहकारी कार्यालय धादिङको सहकारी अधिकृत हुनुहुन्छ समग्र जिल्लाको सहकारीको अवस्था कस्तो छ ?
जिल्लाको सहकारीको अवस्थाको बारेमा भन्ने हो भने अहिले ४१४ वटा सहकारीहरु जिल्लामा दर्ता भएर रहेको अबस्था छ । ५ वटा विषयगत सहकारी संघ छन् । एउटा जिल्ला सहकारी संघ छ ४०८ वटा विषयगत सहकारी संस्था छन् । यसमा पनि १६ प्रकृतिका सहकारी संस्थाहरु छन् । कतिपय सहकारी संस्थाहरु सकृय र कतिपय सहकारी निष्कृय रुपमा रहेको अवस्था छ । निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुलाई सकृय रुपमा आउनको लागि हामीले उत्प्रेरणा जगाउने हिसावले अगाडि बढिराखेका छौं ।
सहकारी संघ÷संस्थाहरुमा प्रमुख समस्या के देख्नुहुन्छ ?
सहकारी संघ संस्थाहरु दर्ता भएर बसेका छन् । कतिपय सहकारी संस्थाहरु एकदमै राम्रोसंग चलिराखेको अवस्था छ भने कतिपय सहकारी संस्थाहरु सहकारीको सिद्धान्त अनुरुप चल्न सकिरहेको अवस्था छैन । यसको मुल कुरा भनेको सहकारीकर्मीहरु र सहकारीहरुमा आवद्ध भएका सदस्यहरु यो सहकारी भनेको के हो ? भन्ने कुरा बुझ्न नसकेको हो र अर्को कुरा सामान्य नागरिकले सहकारी संस्थालाई बचत तथा ऋणको कारोवार गर्ने संस्थाहरुलाई बैंक वा वित्तिय संस्थाको रुपमा कारोबार गर्ने संस्थाको रुपमा बुझिराखेका छन् । सहकारी संस्था र अन्य वित्तिय संस्थाहरु विलकुल फरक छ । केही पैसाको कारोबार गरेको अवस्था भए पनि बैंक छुट्टै प्रक्रियाबाट चल्ने र सहकारी पनि छुट्टै तरिकाले चल्छ । बुझाई चाहीँ वित्तिय संस्था बैंक सरह नै हो भनेर कहिँ कतै बुझिराखेको अवस्था छ । सहकारी सिमित व्यक्तिले संचालन गरेको हो भनेको स्वयम् सहकारीमा सदस्य भएका व्यक्तिको बुझाई छ । त्यसले गर्दा आफ्नो जिम्मेवारी के हो भन्ने खालको सदस्यले महसुस् गर्न नस्क्नु र नेतृत्वदायी भूमीकामा रहने सहकारीकर्मीले चाहीँ सामान्य सहकारीको सदस्यलाई हाम्रो सहकारी यो हो भनेर बुझाउन सकिरहेको अवस्था छैन । त्यसले गर्दा जे जति समस्या र सहकारी फस्टाउनु नसकेको मूख्य कारण चाहीँ यहि नै हो ।
समाधानका उपायहरु पनि त केही होेलान् नि ?
समस्याको समाधान पनि निकै धेरै छन् । सहकारी संस्था यस्तो चिज हो, जहाँ एकदम स्वतन्त्र, अविछिन्न, उत्तराधिकारीवाला सहकारी संस्था हो यो दर्ता भैसकेपछि व्यक्ति सरह चल्ने संस्था हो । यसमा १ नम्बरमा जगेडा कोषको व्यवस्था गरिएको हुन्छ । दोस्रोमा शिक्षा तथा विभिन्न उपकोषहरुमा जम्मा गरिएको हुन्छ । र सदस्यहरुलाई शिक्षा दिनको लागि शिक्षाकोषबाट भएको रकम खर्च गरेर संस्था आफैंले हरेक सदस्यहरुलाई सहकारी संस्था के हो ? भनेर बुझाउन सक्नुप¥यो भन्ने अवस्था छ धेरैजसो सहकारी संथाले शिक्षा कोषमा भएको पैसालाई त्यत्तिकै राखिराखेको अवस्था अथवा शिक्षाकोषमा न्यून रकम छुट्याउने अवस्था र भएका रकम पनि खर्च नगरेको अवस्था छ । सहकारीमा आवद्ध भएका सबै सदस्यहरुले आफ्नो जिम्मेवारी महसुस् गर्न नसकेको र त्यसको लागि संस्थाले क्रमबद्ध रुपमा शिक्षा दिन सक्नुप¥यो । नेपाल सरकारको तर्फबाट पनि केही शिक्षाका दलालिमका व्यवस्थाहरु गरिएको छ । ४१४ वटा सहकारी संस्थामा भएका सहकारीका सदस्यहरु अहिले हाम्रो अन्तिम तथ्याँक अनुसार ९५ हजार भन्दा वढी धादिङ जिल्लाका नागरिकहरु सहकारीमा आवद्ध भएका छन् । अहिले ९५ हजार सहकारीका सदस्यहरुलाई नेपाल सरकारले आफ्नो लगानी गरेर सहकारी शिक्षा दिन सक्दैन एउटा नमूनाको हिसावले सहकारी शिक्षालाई उत्प्रेरणाको रुपमा लैजानुपर्छ ।
सहकारीमा विपन्न वर्गका मान्छेहरुको पहु“च नपुगेको आरोप पनि छ ?
सहकारी क्षेत्रमा विपन्न वर्गको पहुँच पुगेको छैन, भन्ने सन्दर्भमा अव सहकारी संस्था नै स्थानीय व्यक्तिहरुले संचालन गर्ने हो । त्यहाँनेर स्थानीय व्यक्तिहरु सचेत हुनुप¥यो ।
अब हाम्रो कार्यक्रम विपन्न वर्गमा गएर एकदमै उहाँहरुलाई मोटिभेटेड गरेर सहकारी संस्था संचालन गर्न उत्प्रेरणा गर्न सकिँदैन । बजेटको व्यवस्थापन र केही कार्यक्रमहरु मात्रै हुन्छन् । सहकारी भनेको के हो भन्ने सन्दर्भमा जानकारी राख्न चाहनुभयो भने हाम्रो आठ दश वटा सहकारी संस्थालाई सहकारी शिक्षा दिने कार्यक्रम छ त्यो कार्यक्रममा गएका छौं । केही सहकारी संस्थामा जाने क्रममा पनि छौं । यहाँनेर एउटा कुरा के छ भने सिङ्गो डिभिजन सहकारी कार्यालय विपन्न वर्गमा पुग्न सक्ने क्षमता छैन चाहेर पनि पुग्न सक्तैन । सहकारीहरुको प्रवद्र्धन गर्नको लागि जिल्लामा विभिन्न किसिमका स्थानीय संस्थाहरु, गैर सरकारी संस्थाहरु लगायत अन्य संथाहरुले त्यसमा भूमीका खेलिराखेको अवस्था छ विपन्न वर्गमा पुगेको अवस्था छैन भन्न मिल्दैन । पुगिसकेपछि पनि विपन्न वर्गमा विविध कार्यहरुले गर्दाखेरी होला भएका सहकारी संस्थाहरु पनि एकदमै निष्कृय भैराखेको अवस्था पनि छ । हाम्रो तर्फबाट खेल्ने भुमीका हामीले खेलिराखेका छौं र ति संस्थाहरुमा अन्य संस्थाहरु जुन छन् गैर सरकारी संस्थाहरुले पनि भूमीका खेल्नुभएको छ । विपन्न वर्ग भैसकेपछि सहकारी संस्थामा लाग्नुप¥यो त्यहाँँ लागिसकेपछि केही काम गर्नुपर्ने हुन्छ । संस्थामा काम गर्ने व्यक्तिहरु संस्थामा लागे भने उहाँहरुले तत्कालै आफ्नो व्यक्तिगत कामहरु गर्न नभ्याउने अवस्था आउँछ । त्यसले समयका कारणले गर्दा पनि भएका सहकारी संस्थाहरु राम्रोसंग चल्न सकिराखेको अवस्था छैन तैपनी जिल्लामा धेरै सहकारी संस्थाहरु चैँ विपन्न वर्गको वा पिछडिएको वर्गहरुको नेतृत्वमा नै दर्ता भएर चलिराखेको अवस्था छ ।
जिल्लाको सहकारी विकास तथा प्रवद्र्धनको लागि योजनाहरु के के छन् ?
अब पछिल्लो पटक भईरहेको सहकारी संस्थाहरुलाई सकृय बनाउने र निष्कृय भैरहेका सहकारी संस्थाहरुलाई कि खारेजीमा जानुपर्छ, कि सकृय बनेर आउनुपर्छ । भन्नेगरी पत्रिकामा सूचना जारी गरिसकेका छौं । ६९ वटा सहकारी संस्थाहरुलाई तपाईहरु निष्कृय भैराखेको अवस्थामा हुनुहुन्छ, तपाईहरु सक्रिय रुपमा रहने कि निष्कृय रुपमा रहने ? निष्कृय रुपमा रहने हो भने हामी दर्ता खारेजीको सूचीमाराख्छौं खारेजीको कार्वाहीतर्फ अगाडि बढ्छौं । सक्रिय हुने हो भने आउनुहोस् संस्थाको संख्याको हिसावकितावमा बढी देखिने गरी मात्रै बस्नु हुँदैन भनेर हामीले आव्हान गरेका छौं । केही सहकारीहरु आउनुभएको छ । सहकारी संस्था दर्ता गर्ने हिसावकितावमा पनि २५ जना अथवा २–४ जना आएर संस्था दर्ता गर्छौ संस्था दर्ता गर्न उपयुक्त छ भने दर्ता गरिदिएको अवस्था पनि छ । कतिपय ठाउँमा संस्था दर्ता गर्न आउनुभएका मान्छेहरुलाई फिर्ता पठाइएको पनि छ । मैले १२ समूहलाई त्यसरी फिर्ता पठाएको छु भने पछिल्लो पटक एउटा ठाउँबाट संस्था दर्ता गर्न आउनुभएको थियो त्यो ठाउँमा अर्को संस्था अलि कृयाशील नभएको अवस्थामा उहाँसंग सम्पर्क गर्नुस् भनेर पनि पठाइयो । उहाँ त्यहाँको सम्पर्कमा गएर छलफल गर्नुभो र भैरहेको स्थानीय नामलाई अलि फराकिलो बनाउने गरी नाम राखेर संस्था अगाडि बढाउनुभो र संस्थाको स्थानीय नामलाई परिवर्तन गरेर गएको अवस्था पनि छ ।
सहकारी अभियानबाट आर्थिक क्षेत्रको विकास हुन्छ छ ?
सहकारी अभियानमा म एक वर्ष अगाडि मात्रै सामान्य शेयर सदस्यको रुपमा काम गरेको थिएँ भने अहिले सहकारीको जिम्मेवार प्रतिनिधिको अवस्थामा रहेको छु । सहकारी भनेको के हो ? यसले के गर्छ र सहकारीले आर्थिक विकसमा के भूमीका खेल्छ भन्ने अध्ययन गर्दा, आर्थिक विकासमा स्वयम् व्यक्तिको उन्नतीको लागि संस्था तथा जिल्लाको उन्नतीको लागि देशकै उन्नतीको लागि धेरै ठूलो भूमिका खेल्छ । धादिङ जिल्लाको अवस्थालाई हेर्ने हो भने, सरकारले प्रबाह गर्ने रकम ३ अर्वको सेरोफेरोमा हुन्छ । तर, जिल्लाको सहकारीबाटै ३ अर्व रुपैयाँ परिचालन गरिराखेको अवस्था रहेछ । यस्तो अवस्थामा यहाँको सहकारीले जिल्ला र राष्ट्रको लागि निकै ठूलो योगदान पु¥याइराखेको अवस्था छ । सरकारको मातहतमा जाने गाउँका सबै प्रकारका विकास समेत सहकारीको माध्यमबाट गयो भने अझै विकासले गति पाउनेछ ।
द्धअन्त्यमा ?
धादिङ जिल्लाको विकासको लागि अहिले जिल्लाका ९५ हजार मान्छेहरु सहकारीको सदस्य भैराखेको अवस्था छ । सहकारीमा आवद्ध नभएका अन्य पनि छन् । सहकारी भनेको के हो त्यो बुझौं । सहकारीमा जसले नेतृत्व गरिराख्नुभएको छ, उहाँहरुले सहकारीका अन्तराष्ट्रिय मुल्य र मान्यताहरु छन् र सोही अनुसार हरेक सदस्यहरु जसले त्यहाँ पनि नेतृत्वदायी भूमीका खेल्नुभएको छ । उहाँहरु सबैले पालना गर्ने र गराउनेतर्फ लागौं र त्यसले सबै व्यक्तिहरुको कहीँ न कहीँ हित हुन्छ उन्नती हुन्छ । व्यक्ति परिवार, गाउँ टोल, समाज, जिल्ला र अन्ततः देशलाई समृद्ध आर्थिक सामाजिक विकासका लागि टेवा पु¥याउँछ ।