दुम्लिङमा सुन्तला खाउँ, विऊ दिउँ कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २४, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) केहि पत्रकार सहित शनिबार वडा नम्बर २ चेपाङबस्ती दुम्लिङ पुगे । वडाले सुन्तला खाउँ, बीउ दिउँ कार्यक्रममा सहभागी हुन पुगेका उनले वडाले सुन्तला पकेट क्षेत्र बनाउन यस्तो कार्यक्रमको आयोजना गरेको पत्रकारहरुलाई जानकारी गराएका थिए ।

वडा अध्यक्ष हेमराज भुजेलले सुन्तला खाउँ, विऊ दिउँ कार्यक्रमका लागि वडाले १ लाख विनियोजन गरेको थियो २० हजारको सुन्तला स्थानीयहरु सँग खरिद गरियो र उक्त सुन्तला कार्यक्रममा सहभागी हुनेहरुले खाए भने विऊ संकलन गरियो । अब उक्त विऊको नर्सरी बनाउने र थप विऊ संगलन गरि प्रति घर २०० विरुवा वडाले वितरण गर्ने लक्ष्य राखिएको धादिङपोष्टलाई बताए ।

सुन्तलाको लागि राम्रो हावापानी रहेको दुम्लिङ, कात्तिके र धुसेनीलाई सुन्तला, निवुवा र कागती पकट क्षेत्र बनाउने वडाको तयारी रहेको वडा अध्यक्ष भुजेलले बताए ।