त्रिपुरासुन्दरीको आलु पकेट क्षेत्रका किसानलाई विऊ र उपकरण हस्तान्तरण

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २५, २०८०

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी स्थित ठुलोबेसीलाई आलु पकेट क्षेत्रको रुपमा विकास गराउन संघीय सरकारले गतवर्ष देखि नै अनुदान दिन सुरु गरेको छ ।

अत आर्थिक वर्ष देखि यो कार्यक्रम ठुलोबेसीमा सुरुभएको हो गत वर्ष संघीय सरकारले १२ लाख लगानी गरेको थियो । यो वर्ष विऊ र उपकरणमा ५० प्रतिशत अनुदानका लागि ६ लाख वजेट आएको कृषि शाखा प्रमुख कृष्ण भट्टले धादिङपोष्टलाई बताए ।

५० प्रतिशत अनुदानमा विऊ र उपकरणहरु आज पालिका प्रमुख राजु उप्रेती र उप प्रमुख देवराज धरेलद्वारा ठुलो बेसीका किसानलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सामाग्रमा ४ वटा ट्याक्टर, ३० वटा पम्प, ३५६ बोरा बीऊ हस्तान्तरण गरिएको शाखा प्रमुख भट्टले बताए ।