ज्यामरुङका किसानलाई बाख्राको पाठी र बोका वितरण

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०८०

धादिङ । नीलकण्ठ ११ ज्यामरुङका किसानलाई दिक्षा फ़ाउण्डेशन World Wide Goat project Nepal (WWGPN) को सहयोगमा को सहयोगमा बाख्राको पाठी र बोका वितरण गरिएको छ ।

८ गोटा स्थानिय पाठी र ७५ प्रतिसत सानन क्रस र बोयर क्रस २ बोकाहरु निशुल्क प्रदान गरिएको प्रकाश धमलाले धादिङपोष्टलाई बताए ।

उक्त बाख्राको पाठी र बोका हस्तान्तरण गर्न World Wide Goat project Nepal (WWGPN) का संस्थापकअमेरिकी नागरिक Daniel Lee Laney बिहिबार ज्यामरुङ पुगेका थिए ।