मगर गाउँका कृष्णको फलफूल बगैंचा

Avatar photo
Dhadingpost
आइतवार, पुस १, २०८०

धादिङ । धुनीबेसी वडा नम्बर ६ मगरगाउँका कृष्ण बहादुर थापा मगर भन्दछन्,अहिले पैसाको लागि कसैसँग हात फैलाउन परेको छैन ।

उनले ८ रोपनी जग्गालाई फलफूल बगैंचा बनाएका छन् । ३९ बोट सुन्तला, ६० बोट कफी, १०० बोट अलैंची केही भैकटरले आम्दानी दिन सुरुगरेको छ भने आगामी वर्षबाट १०० बोट सुन्तला फल्न थाल्ने छ ।

बगैंचा अवलोकनका लागि पुगेका वडा अध्यक्ष रमेश आचार्यले धादिङपोष्ट सँग कुरा गर्दै भने, यत्तिको सुन्तला मैले कहि कतै देखिएको थिईन ठुला दाना र स्वाद पनि त्यत्तिकै मिठो । पाखो बारीबाट यति धेरै कृषि कर्म गर्न सकिन्छ भन्ने उदाहरण कृष्ण बहादुर थापा मगरले दिएको उनले बताए ।