Avatar photo
Dhadingpost
मंसिर २७, २०७१

Babu Chhatkuli-
मिहेनत गर्छु बरु गरेर उकाली ओराली!
काँधमा हलो जुवा हातमा लिई कोदाली!!
माटोमै सुन फल्छ भन्छन् गरे के हुन्न र,
बिहानै खेत जान्छु फुल चडाई देउराली!!
देशमै पसिना बगाउँछु जाँदैन अन्तकतै,
बिश्व सामु चिनिनेछु भन्छु हुँ गोर्खाली!
देश चिनाउने नदीनाला भएसी के को डर,
पूर्व तिर मेची कोसी पश्चिम महाकाली!!
दुश्मन सामु झुक्दैन शिर कहिल्यै मेरो,
को हो भनी सोधे भने भन्छु हुँ म नेपाली बाबु छत्कुकी होम धादिङ