धादिङका चन्द्र रिजाल टानको अध्यक्षमा उठ्दै

Avatar photo
Dhadingpost
बुधबार, अशोज २०, २०७२

taधादिङ । यहि असोज २८ गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को अधिबेशनमा धादिङ घर भएका पर्यटन चन्द्र रिजालले अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ ।
काठमाडौमा रहि पर्यटन व्यवसायगर्दै रिजाल गोरखा घर भएका सागर पाण्डे सँग चुनाव लड्न लाग्नु भएको हो ।
यस अघिको टानको चुनावमा एमाओवादी नीकट पर्यटन व्यवसायी र नेपाली काँग्रेस नीकट पर्यटन व्यवसायी चुनावी तालमेल गरि धादिङ कै रमेश धमला अध्यक्षमा निर्वाचित भएका थिए ।
यो पटक काँग्रस निकट मानिएका कुलबहादुर गुरुङलाई अध्यक्षमा अघि सारेर बाबुराम निकट मानिएका सागर पाण्डेलाई अध्यक्षको उम्मेदवारी बनाउँदा काँग्रस निकट व्यवसायीहरु बीचमा फाटो देखिएको छ ।
चन्द्र रिजाल पक्षलाई एमाले निकट व्यवसायीको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, वैद्य माओवादी र विप्लव माओवादी निकटका पर्यटन व्यवसायीले सहयोग गर्ने देखिएको छ ।
धादिङ घर भएका तेज गुरुङ प्रथम उपाध्यक्षमा, कृष्णमान श्रेष्ठ सह कोषध्यक्षमा र बासु लम्साल सदस्यको लागि चन्द्र रिजालको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

को को छन् चुनावी मैदानमा ?

रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्षसमेत हुन् । रिजाल समूहको वरिष्ठ उपाध्यक्षमा टासी शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा छन् । त्यस्तै, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा नुरुजाङ्बु शेर्पा र सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठ छन् ।

त्यस्तै, सदस्यहरुमा रुद्र जंग अधिकारी (सम्भु), तारानाथ लामिछाने (दिनेश), सूर्य घिमिरे, देवी पाण्डे, डम्बर अधिकारी, बासुदेव लम्साल, दावा लामा तामाङ, सरिता लामा र वान्छु शेर्पा रहेका छन् ।

पाण्डे समूहको वरिष्ठ उपाध्यक्षमा कामिरिञ्जी शेर्पा, प्रथम उपाध्यक्षमा तिलक थापा मगर, द्वितीय उपाध्यक्षमा आङछेतार शेर्पा, महासचिवमा आङ तेन्जिङ शेर्पा, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा महेश बुढामगर र सहकोषाध्यक्षमा धनबीर गुरुङ छन् ।

व्यवसायीको विश्लेषणअनुसार अध्यक्षमा उम्मेदवारमा चन्द्र रिजाल अघि देखिएका छन् । एमालेनिकट व्यवसायी, एमाओवादीको आधिकारिक संगठन (युटिन) वैद्य र विप्लव निकट व्यवसायी र शेर्पा समुदायका व्यवसायीको संयुक्त प्यानल भएका कारण रिजाल समूह बलियो देखिएको हो ।
sssss