कांग्रेस धादिङबाट उर्मिला थपलिया र रिता थापामगर केन्द्रीय सदस्यमा विजयी

Avatar photo
Dhadingpost
अशोज २७, २०८३

धादिङ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय महाधिवेशनमा सहभागी उर्मिला थपलिया र रिता थापामगर विजयी भएका छन् । यद्यपि, निर्वाचन समितिले अन्तिम मतगणना सार्वजनिक गरी औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।

महिला खुला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थपलिया र थापामगरले सफलता हासिल गरेका हुन् । उर्मिला थपलिया विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन् । उनी हाल सांसदसमेत हुन् । अर्की विजयी उम्मेदवार रिता थापामगर गायिकाका रूपमा परिचित छन् ।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न धादिङबाट विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिस्पर्धामा छन् । जिल्लाबाट तीन जना सहमहामन्त्री र नौ जना केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका छन् ।

निर्वाचन समितिको अन्तिम मतपरिणाम र औपचारिक घोषणापछि विजयी उम्मेदवारको विवरण थप स्पष्ट हुनेछ ।