असार ३१ र साउन २ मा हुने भनिएको खेल स्थगित

Avatar photo
Dhadingpost
असार २६, २०७३

धादिङ असार २६
football

असार ३१ र साउन २ गते नेपाल र बंगलादेशबीच हुने भनिएका दुई मैत्रीपुर्ण फुटबल खेल रद्ध बंगलादेश फुटबल फेडेरेसनले रद्ध गरेको छ। बंग्लादेशमा पछिल्लो समय सिर्जित कठीन परिस्थितिका कारण खेल आयोजना गर्न नसकिएको फेडेरेसनले बताएको छ।
फेडेरसेनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई शुक्रबार पत्र पठाएर खेल रद्ध गरिएको जानकारी गराएको हो। एन्फाका अनुसार आउने अगस्टमा यी दुवै खेल गराउने बंगलादेशको प्रस्ताव छ। यसै अनुसार एन्फाले गत शुक्रबार २१ खेलाडी सम्मिलित राष्ट्रिय टोली घोषणा समेत गरिसकेको थियो।
बंगलादेशमा गतसाता आतंकाकारी आक्रमण भएपछि त्यहाँको सुरक्षा अवस्था चिन्ताजनक देखिएको छ।