नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

Avatar photo
Dhadingpost
असार २१, २०७३

धादिङ असार २१football

नेपाली राष्ट्रिय फुटबल टिम असार ३१ र साउन २ गते बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण म्याच खेल्ने भएको छ। दुबै म्याच बंगलादेशमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेल हुने रंगशाला भने तय भइसकेको छैन। आगामी नोभेम्बरमा हुने एएफसी सोलिराडिटी कपका लागि राष्ट्रिय टोलीले अहिले प्रशिक्षण गरिरहेको एन्फाले जनाएको छ। यो नेपालका लागि वर्षको तेस्रो मैत्रीपूर्ण खेल हुने छ। यसै वर्ष नेपालले मलेसियाको यु २२ टिम र लाओसको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलको छ।दुबै खेल १/१ को बराबरीमा सकिएका थिए।